site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितकला : ‘एट फिगर्स’ को सकारात्मक सोच
SkywellSkywell

काठमाडौं । अंक आठ (एट) लाई कर्मको प्रतीकका रुपमा लिइन्छ । यति मात्रै होइन वास्तुशास्त्रमा आठ दिशा, शिवको अष्ठमंगल र अष्टमूर्तिको पनि आफ्नै विशेष महत्त्व हुन्छ । बौद्ध धर्ममा आठ महान् मार्ग छन् ।

त्यस्तै आठलाई अनन्तताको प्रतीकका रुपमा पनि लिइन्छ । यही सकारात्मकताको सोचसहित ‘ग्यालरी एमक्युब’ मा ‘एट फिगर्स’ शीर्षकमा तेस्रो भौतिक सामूहिक कला प्रदर्शनी सुरु भएको छ । जारी कला प्रदर्शनीमार्फत ग्यालरी सञ्चालक/कलाकार तथा यस प्रदर्शनीका क्युरेटर मनीषलाल श्रेष्ठले ललितकला जगतमा एउटा आशाको किरण र सकारात्मकताको सुरुवातको संकेत दिन खोजेका छन् ।

लकडाउनले लामो समय थन्किएका र भर्चुअल दुनियाँमा मात्रै सीमित रहेका कला र कलाकारहरूलाई अब भने सामाजिक दुनियाँमा आएर आफ्नो कर्मलाई निरन्तरता दिनुपर्ने उनको जोड छ । नामजस्तै प्रदर्शनीमा आठ कलाकारको कला समेटिएको छ ।

“एक कलाकार र क्युरेटरका हिसाबमा भन्नुपर्दा हामी कलाकारहरू सधैं शारीरिक उपस्थिति खोजिरहेका हुन्छौं । चाहे त्यो पेन्टिङ गर्दा होस् वा त्यसको प्रदर्शनी गर्दा,” श्रेष्ठ भन्छन्, “पेन्टिङ भनेको दिमागमा मात्रै भएर पुग्दैन त्यसलाई क्यानभासमा उतार्नु पनि पर्छ र दर्शकसामु देखाउनु पनि पर्छ ।”

कोरोनाको यो लामो युगमा हरेक कुरा भर्चुअली हेर्दा कलाकार तथा क्युरेटर श्रेष्ठ आफैं पनि दिक्क भइसकेका थिए । त्यसैले उनी भ्याक्सिन आउन थालेसँगै ग्यालरीमा फर्किहाले र फिजिकल प्रदर्शनी सुरु गरिहाले ।

०००

कोभिड-१९ ले विश्वभरिमा लाखौंको ज्यान लियो । महामारीको भय कायमै छ । तर यो नै अन्त्य भने होइन । भिजुअल आर्टिस्ट मन्जरी दत्तको ‘साइलेन्ट एक्सप्रोइजन’ शीर्षकको कलाले यही सकारात्मक सन्देश दिन खोजिरहेको छ । यस्तो भयावह परिस्थितिमा पनि उनी आशावादी छिन् र आफ्नो कलामार्फत सबैलाई सकारात्मकता कायम राख्न प्रोत्साहन गरिरहेकी छिन् ।

त्यस्तै कलाकार कृष्णगोपाल श्रेष्ठ र सुजन डंगोलले कलामार्फत आफ्नो नेवार समुदायको पौराणिक संस्कृति, धर्म र सम्पदालाई अभिलेख गर्न खोजेका छन् ।

कलाकार कृष्णले ‘एथनिक डोर’ शीर्षकमा दुईवटा कला कोरेका छन्, जहाँ नेवार समुदायका पुराना माटोका घरहरूमा हुने काठका कलात्मक ढोकाहरू छन् । जसमा भगवानको आकृतिहरू कोरिएका र कुँदिएका देख्न सकिन्छ । उनको यो पेन्टिङ हेर्दा साँच्चै पुरानो नेवारी सुमदायमा प्रवेश गरेको भान दिलाउन मद्दत गर्दछ ।



यस्तै कलाकार सुजनले ‘भाषा म्वासा जाति म्वाई’ अर्थात् भाषा बचे मात्रै आफ्नो परिचय बच्छ भन्ने शीर्षकमा पेन र मसीको प्रयोग गरी पाँचवटा कलाको एउटा सेट तयार पारेका छन् ।

नेवार समुदायका चोकतिर जाने हो भने हामी एक-अर्कोसँग जोडिएका घरहरू देख्न सक्छौं । कलाकार डंगोलका अनुसार जसरी घरहरू जोडिएका छन्, त्यसैगरी उनीहरू एक-अर्कासँग भावनात्मक र सांस्कृतिक रुपमा पनि जोडिएका हुन्छन् । यो नै नेवार जातिको चिनारी भएको उनको बुझाइ छ ।

KFC Island Ad
NIC Asia



जारी प्रदर्शनीमा उनले नेवार जातिको चिनारीलाई नै प्रस्तुत गर्न खोजेका छन् । ग्यालरीको एकभित्तामा पुरानो र छेउछेउमा केही खिया परिसकेको साबेलमा पहेंलो रङले पोतिएको सुन्दर अनुहारको आकृति छ । त्यसको समाउने ठाउँमा हाँसको आकार बनाएको छ ।

प्रयोगमा नआउने र बिग्रिसकेको सामानहरूमा कला उतारेर त्यसलाई सुन्दर वस्तुमा प्रयोगमा ल्याउने कलाकार मीना कायस्थको यो कलाले सबै अवलोकनकर्ताको ध्यान एकपटक तान्छ नै ।

उनले मिक्स मिडियाको माध्यमबाट साबेलमा देवी ब्रह्मयाणीको अनुहार कोरेकी छिन् । त्यसकै छेउमा उनले सेरमिकको प्रयोग गरी ‘द सन’ शीर्षकमा सूर्यको आकृतिलाई कलात्मक रुपमा तयार पारेकी छिन् । कलाकार कायस्थ कुनै पनि कुरा प्रयोगविहीन नहुने र हरेक कुरालाई अमरत्व प्रदान गर्ने खुबी कलाकारमा हुने कुरामा विश्वास गर्छिन् ।

कलाकार कुन्ती श्री थापाको कोरोना कालको सुरुको समयमा बनाएका पेन्टिङ पनि प्रदर्शनीलाई अझै आकर्षक बनाउन मद्दत गर्ने कलामा पर्दछ । दु्ईवटा पेन्टिङमा उडिरहेको हात्तीमा महिला चढेको छ । नीलो आकाशको पृष्ठभूमिको मुनितिर भने हरियाली देख्न सकिन्छ । दुवै पेन्टिङमा फरक भनेको ती उडिरहेकी महिलाले समाइरहेको वस्तु हो ।

एउटा पेन्टिङमा ती महिलाले बेलुन समाइरहेकी छिन् भने अर्कोमा हातमा मोबाइल र आँखामा भर्चुअल रियालिटी (भीआर) लगाएकी छिन् ।

जसमा बेलुनले स्वतन्त्रताको संकेत गरिरहेको छ भने ग्याजेटलाई कृत्रिम बुद्धिमत्ताको प्रतीकको रुपमा प्रयोग गरिएको छ ।

Royal Enfield Island Ad



प्रदर्शनीमा सहभागी कलाकारहरूमध्ये किशोर जोशी (योंग फ्लेम) ले मोक्ष र प्रिजनर अफ टाइम शीर्षकमा आफ्नै जीवनको यात्रा र उतारचढावलाई सिम्बोलिक रुपमा प्रस्तुत गर्न खोजेका छन् । जन्म र मृत्युको चक्रमा उनले भोगेका र उनलाई बाँधिरराखेका कुराहरूको बारेमा उनले कलामार्फत प्रस्तुत गरेका छन् ।

भने कलाकार मुकेष श्रेष्ठको चित्रकलाले प्रेमिल भाव पोखेको देख्न सकिन्छ । साँचो मायाको आधार भनेको एक-अर्काप्रतिको सम्मान, विश्वास, हेरचाह र सम्झौता भएको कलाकार श्रेष्ठ विश्वास गर्छन् । कुनै पनि सम्बन्धमा मायाले विशेष महत्त्व राख्ने भन्दै यो भनेको हार जितको खेल नभएको कलाकार श्रेष्ठले आफ्नो कलामार्फत प्रस्तुत गर्न खोजेका छन् । त्यस्तै कलाकार प्रतिमा थकालीले आफ्नो सम्झनालाई कलामार्फत प्रस्तुत गरेकी छिन् ।

कोरोनाको भयले दर्शक ग्यालरीसम्म आउने हुन वा होइनन् भन्ने दुविधाबीच ग्यालरीको ढोका खोलेका मनीष अवलोकनकर्ताको चाप देखेर दंग छन् । “पहिलो दिननै २०० सयभन्दा बढि अवलोकनकर्ताहरू आएका थिए । हरेक दिन ५० जनाजस्तो अवलोकनकर्ताहरू ग्यालरीमा आइरहेका छन् । यो देखर म निकै खुसी छु,” उनले भने ।

दुईतले ग्यालरीको पहिलो तल्लामा ‘आठ फिगर्स’ र ग्यालरीको भुइँ तल्लामा विभिन्न देशका ४० जना कलाकारहरूको प्रिन्ट मेकिङको कला प्रदर्शनी पनि जारी छ । जहाँ नेपालबाट कलाकार मनीषलाल श्रेष्ठको कला प्रदर्शनीमा छन् ।

मार्च ५ देखि सुरु भएको कला प्रदर्शनी मार्चको अन्तिमदिन सम्म जारी रहनेछ । जारी कला प्रदर्शनीमा आठ हजारदेखि दुई लाखसम्मका कलाहरू छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro