site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानभासमा महिलाको आवाज महिला कलाकारबाटै
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । कोरोना खोपको अभियान सुरु भएसँगै ग्यालरीका ढोकाहरू खुल्न थालेका छन् । चहलपहल सामान्यमा फर्किएसँगै लकडाउनमा सिर्जना भएर लामो समय स्टुडियोभित्रै थुनिएका चित्रकलाले ग्यालरीमा सजिने मौका पाइरहेका छन् ।

लामो समय स्टुडियोमै एकमाथि अर्कोगरि खप्टिएर रहेका यी सिर्जना हालै महिला दिवसका अवसरमा ग्यालरीहरूमा सजिएका छन् । १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बबरमहलस्थित आर्ट काउन्सिलमा आठ मार्चदेखि ‘इन्स्पायर्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ । हायर ग्राउन्ड नेपालको आयोजनामा नौ नेपाली महिला कलाकारको साथमा कला प्रदर्शनी जारी छ । जारी कला प्रदर्शनीमा महिला कलाकारहरूले महिलालाई केन्द्र बनाएर विभिन्न शीर्षक र थिममा कोरेका चित्रकलाको अवलोकन गर्न सकिन्छ ।

कलाकार प्रमिला परियारले फिलिङ्‍स सिरिजमा क्यानभासमा एक्रेलिकको प्रयोग गरी पाँचवटा र मदरवुड शीर्षकमा एउटा चित्रकला कोरेकी छिन् । जसमा उनले महिलाको चित्रकलाका मनोभावनाहरू र मातृत्वको भावना पोखेकी छिन् ।
 
यस्तै कलाकार सबिता डंगोलका प्रेमिल भाव, वैवाहिक जीवनको सम्बन्धका भावनाहरू क्यानभासमा पोखेकी छिन् । प्रदर्शनीमा उनका ‘कन्जुगल लाइफ’, ‘कपल’, स्विपिङ अफ इग्नोरेन्स’ लगायत शीर्षकमा ६ वटा ठूला क्यानभासमा सजिएका चित्रकलाहरू प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ ।

प्रदर्शनीको एउटा भित्तामा सजाइएको क्यानभासमा आमा र छोरीको सम्बन्ध देख्न सकिन्छ । एक आमाले आफ्नी छोरीको कपाल सुम्सुम्याउँदै माया दर्शाइरहेकी छन् । यो कलाकार नम्रता सिंहको ‘मडर एन्ड डटर’ शीर्षकमा एक्रेलिकले क्यानभासमा कोरेको चित्रकला हो । यसका साथै उनले ‘बिंग इन नेचर’ शीर्षकमा पहेंलो सारीमा सजिएकी महिला तालको बीचमा पहेलो रङकै हाँसलाई मायाले सुम्सुमाइरहेको दृश्यलाई पनि क्यानभासमा उतारेकी छिन् ।

अर्की कलाकार कृष्ण देवी महर्जन (पूजा) को काँचुली शीर्षकमा एक महिला आफूलाई बाँधेको जालीबाट मुक्त हुँदै अर्को परिचयमा आफूलाई उतार्न खोज्दै गरेको देख्न सकिन्छ ।

यस्तै कलाकार रीता मानन्धरको कलरको टेक्चरसँग खेलेर प्रकृतिको भिन्नभिन्न रुपलाई क्यानभासमा कैद गरेकी छिन् ।
 
यस्तै प्रधी राणा, ज्यासमिन राजभण्डारी, संगी श्रेष्ठ, सुनीता राणाको महिलालाई केन्द्र बनाएर क्यानभसमा उतारेका सुन्दर पेन्टिङहरू पनि प्रदर्शनीमा देख्न सकिन्छ । प्रदर्शनी मार्च १७ सम्म जारी हुनेछ ।

कलाकार अनिषा महर्जनको ‘थिंक पिंक’ शीर्षकमा एकल कला प्रदर्शनी पनि जारी छ । हरेक काम महिलासँग सम्बन्धित भएर गर्ने कलाकार महर्जनले जारी प्रदर्शनीमा महिलामाथिको हिंसा, उत्पीडन, यातना, बलात्कारलगायत गलत कदमविरुद्ध आवाज उठाएकी छिन् । उनले ‘फलिङ ड्रिम्स’ शीर्षकमा पुरुषको तुलनामा महिलाले आफ्नो सपनाहरूको बलिदान दिनुपर्ने यथार्थलाई प्रस्तुत गरेकी छिन् । अरुले के सोच्ला, परिवारलाई आफ्नो कारणले कुनै दु:ख नहोस् भन्ने यावत् कुराहरू सोचेर महिलाहरू आफ्नो सपनाको बलिदान दिने सत्यता उनको यस पेन्टिङले बोल्न खोजेको छ ।
 
यस्तै निधारमा तालाजस्तो भिरेको ब्लाक एन्ड ह्‌वाइट फोटोमा पिंक कलरको बबलगम फुलाइरहेकी महिला देख्न सकिन्छ । ‘बबलगम’ शीर्षकको यस पेन्टिङले दबाएर राखेका महिलाको भावना र सोचहरू एकदिन यहि बबलगमजस्तो फुटेर छताछुल्ल हुन सक्छ भन्ने संकेत दिन खोजेको कलाकार महर्जनले बताइन् ।
 
प्रदर्शनीमा उनको सन् २०१७ देखि २०२१ सम्मको चित्रकलाहरू देख्न सकिन्छ । बौद्रस्थित ‘ग्यालरी ला’ मा उनले कोरेका १५ वटा पेन्टिङहरू सजाइएका छन् ।
 
“हामीसँग जे छ त्यही माध्यमको प्रयोग गरेर अन्यायविरुद्ध आवाज उठाउने हो । मैले रङ र ब्रसले क्यानभासमा उतारेर उठाएँ,” कलाकार अनिषा थप्छन्, “म चाहन्छु कि एकदिन कोही पनि केटी पीडित बन्न नपरोस् र मैले यी विषयमा पेन्टिङ कोर्नै नपरोस् ।” महिला दिवसकै अवसरमा मार्च ९ देखि सुरु भएको महर्जनको एकल कला प्रदर्शनी ३० मार्चसम्म जारी रहनेछ ।
 
चाकुपाटस्थित क्लासिक ग्यालरीले ‘रिफलेक्सन अफ फेमिनाइन पावर अन आर्ट’ शीर्षकमा अनलाइनमार्फत अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको छ । यस प्रदर्शनीमा ५५ देशका १४४ महिला कलाकारको कला अवलोकन गर्न सकिन्छ ।
 
विगत १० वर्षदेखि कलाकार सरिता डंगोलले आफ्नो ग्यालरीमा हरेक महिला दिवसका दिन महिला कलाकारहरूको कला प्रदर्शनी गर्दै आइरहेकी थिइन् । यद्यपि योपटक कोरोना संक्रमणको भय कायमै रहेकाले उनले यसलाई अनलाइनमार्फत निरन्तरता दिने प्रयास गरेका हुन् ।
 
प्रदर्शनीमा नेपालका करिब १०, १२ महिला कलाकारको सहभागिता छ । सबै कलाकारले ‘वुमन थिम’ मा क्यानभास रंगाएका छन् । आयोजक तथा कलाकार डंगोलका अनुसार विदेशी कलाकारहरूको काम रियालिस्टिक र एब्सट्रयाक विधामा आधारित देखिन्छ भने नेपाली कलाकारहरूको पेन्टिङहरूमा सांस्कृतिक झलक देख्न सकिन्छ । प्रदर्शनीमा रहेका चित्रकलाहरूमा हरेक कलाकारको नितान्त व्यक्तिगत र आर्टिस्टिक सोच, उनीहरूको परिवेश देख्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro