site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले अडान अनुमोदित कि ०५४ सालको प्रभाव  ?
SkywellSkywell

काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएको ३ सय ३४ तहमध्ये तीन तहको परिणाम आउन बाँकी छ । हालसम्म एमालेले १ सय ४८ तहमा विजय हासिल गरेको छ । मतगणना भइरहेका तीनै तहमा एमाले अगाडि रहेको छ । 

तर, यो परिणामलाई भने एमालेले अपेक्षाकृत मानिरहेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीले दोश्रो चरणको निर्वाचनमा एमालेले सन्तोषजनक परिणाम ल्याए पनि अपेक्षाकृत भने नभएको जिकिर गर्छन् । “हामीले बहुमत स्थान (५५ प्रतिशत) जित्ने आँकलन गरेका थियौँ,” उनले भने, “हामीले ४६ प्रतिशत बढी जितेर पहिलो भएका छौँ । परिणामबाट सन्तोष गर्ने ठाउँ त छ तर अपेक्षाकृत होइन ।”

एमालेका अडानहरू जनअनुमोदित

KFC Island Ad
NIC Asia

 

पहिलो र दोस्रो चरणको निर्वाचनको परिणामले एमाले उठाएका विषयहरू जनअनुमोदित भएको एमालेको बुझाइ छ । विशेष गरेर एमाले मधेस विरोधी, थारू, जनजाति विरोधी भन्ने आरोपको खण्डन गरेको र राष्ट्रियता, संविधान संशोधनका विषयमा एमालेले राख्दै आएको अडान पुनः पुष्टि भएको ज्ञवाली बताउँछन् । पहाड–मधेसबीच एकता कायम गर्ने विषयमा पनि पार्टीको बाटो सही भएको एमालेको विश्लेषण छ ।
“मधेसी बहुल भएको ठाउँमा पनि एमालेले जितेको छ । थारु, जनजाति बहुल भएको ठाउँमा पनि हामीले जितेका छौँ, यसले एमालेको बाटो सही भएको जनमतद्वारा पुष्टि भएको छ,” उनले भने ।

Royal Enfield Island Ad

५४ सालको प्रभाव

 

२० वर्षपछि एमाले मुलुकको पहिलो शक्तिको रूपमा स्थापित भयो । ०५४ सालको स्थानीय निकाय निर्वाचन पछाडि एमाले पहिलो शक्ति बनेको थिएन । त्यसो त स्थानीय स्तरमा ०५४ पछि निर्वाचन पनि भएन । त्यही ०५४ सालमा एमाले सुरु गरेको विकास निर्माणको प्रभाव यो निर्वाचनमा परेको ज्ञवालीको बुझाइ छ । “एमालेले त्यसबखत सुरू गरेका लोककल्याणकारी कामको प्रभाव पनि यो निर्वाचनमा परेको हो, स्थानीय तहमा एमाले नेतृत्वमा आए विकासको लहर आउनेमा मतदाता आशावादी थिए,” ज्ञवालीको ठम्याइ छ ।
त्यसबाहेक एमालेले उमेदवार चयनमा पनि बुद्धिमता पु¥याएको उनले दाबी गरे  । “हामीले स्थानीय स्तरमा भिजेका, विकास निर्माणमा अगुवाइ गरेका र लोकप्रिय उमेदवारलाई उठाएका थियौँ,” उनले प्रष्ट पारे ।

कांग्रेसको एक्लो पौरख होइन

 

सचिव ज्ञवालीले कांग्रेसलाई जनताले चुनावमा दण्डित गरेको प्रतिक्रिया दिएका छन् । उनले कांग्रेसले अहिले ल्याएको मत परिणाम उसको एक्लो पौरख नभएर माओवादी केन्द्रको बुइ चढेर ल्याएको आरोप लगाए । एक्लै लडेको भए कांग्रेसले दुःखद् परिस्थितिको सामना गर्नुपर्ने उनको निष्कर्ष छ ।
“इतिहासमा कसैसँग तालमेल नगरेको पार्टीले यसपटक तालमेल गर्न कसैलाई बाँकी नराख्नु पतनको बाटोमा छ भन्ने पुष्टि हुन्छ,” उनले ठोकुवा गरे ।
संविधान कार्यान्वयनका लागि वृहत्तर सहमतिको वातावरण सिर्जना गर्नुपर्नेमा १६ बुँदे सहमति लत्याउनतिर लागेपछि जनताले कांग्रेसलाई दण्डित गरेको विचार उनले व्यक्त गरे ।
त्यस्तै संविधान कार्यान्यवन गर्न छाडेर संशोधनको प्रस्ताव पेश, लोकमानसिंह प्रकरणमा ढुलमुले चरित्र, प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव, आइजी प्रकरणका कारण पनि कांग्रेस खुम्चन पुगेको ज्ञवालीको आँकलन छ ।
त्यस्तै एमालेलाई कमजोर बनाउन अर्काको चुनाव चिह्नमा कांग्रेस पार्टीले कार्यकर्तालाई चुनाव लड्न बाध्य बनाएको भन्दै जनताले सबक सिकाएको टिप्पणी समेत उनले गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २५, २०७४  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro