site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापा, मोरङ, सुनसरीमा किन खुम्चियो एमाले ?
SkywellSkywell

काठमाडौं । स्थानीय तहको चुनाव अघि एक नम्बर प्रदेशमा एमालेले दुई तिहाइ जित्ने आँकलन गरेको थियो । ८८ गाउँपालिका, ४६ नगरपालिका, २ उपमहानगरपालिका र १ महानगरपालिका रहेको एक नम्बर प्रदेशमा कुल १ सय ३७ तह छन् । यसमा एमालेले झन्डै सय तह विजयी हुने लक्ष्य राखेको थियो ।

तर, हालसम्म ६७ तहमा विजयी भयो भने दुई तहमा अग्रता कायम राखेको छ । त्यस्तै नेपाली कांग्रेस ४८ तहमा विजयी भएको छ भने तीन तहमा अगाडि छ । माओवादी केन्द्र ९, राप्रपा ३, संघीय समाजवादी फोरम ३ र नेपाल लोकतान्त्रिक फोरम २ तहमा विजयी भएका छन् ।

झापाको शनिअर्जुन नगरपालिकामा एमालेले अग्रता लिएको छ । मेचीनगरमा कांग्रेस अगाडि छ भने सुनसरीको धरान पनि छिनोफानो हुन बाँकी छ । त्यहाँ एमालेले अग्रता लिएको छ । १ नम्बर प्रदेशको एकमात्र महानगरपालिका विराटनगरमा पनि चुनावको अन्तिम परिणाम आउन बाँकी छ । त्यहाँ कांग्रेस अगाडि रहेको छ । यता मोरङको धनपाल गाउँपालिकाको पनि परिणाम आइसेकेको छैन, त्यहाँ कांग्रेस नै अगाडि छ ।

KFC Island Ad
NIC Asia

झापामा खुम्चियो एमाले
१५ तह रहेको झापा एमालेको पकड मानिन्छ । त्यसो त एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लासमेत हो त्यो तर, झापामै एमालेले अपेक्षाकृत परिणाम ल्याउन सकेन । शतप्रतिशत जितको आँकलन गरेको एमाले प्रमुख र उपाध्यक्ष गरी ६ तहमा विजयी भएको छ भने एक तहमा अग्रता लिएको छ । उपमेयरमा भने एमालेले बाजी मार्‍यो, उपप्रमुख र उपाध्यक्ष गरी १० तहमा जित्यो । कांग्रेसले ४ तह जितेको छ र एकमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ तहमा जित हासिल गरेको छ । झापामा माओवादी केन्द्रले शून्य तहमा चित्त बुझाउनुपर्‍यो भने संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले पनि खातै उघारेनन् ।

सुनसरीमा त झनै कमजोर
भीम आचार्य सुनसरीबाट प्रतिनिधित्व गर्ने एमालेको ठूला नेता र प्रदेश नम्बर एकका संयोजक समेत हुन् । एमालेका सचिव पनि हुन् उनी । प्रदेश नम्बर १ का दुई उपमहानगरमध्ये इटहरी उपमहानगरपालिकामा एमालेले जित हासिल गरिसकेको  छ भने धरानमा जित नजिक छ । जिल्लाभरीको तथ्यांकलाई केलाउने हो भने एमाले सुनसरीमा कमजोरै देखियो । १२ तह रहेको सुनसरीमा एमालेले जम्मा २ तहमा जित हासिल गरेको छ र एक तहमा अग्रता लिएको छ ।

Royal Enfield Island Ad

जहाँ कांग्रेसले ६ तह जितेको छ । नेपाल लोकतान्त्रिक फोरमले २ तह र संघीय समाजवादी फोरमले १ तह जित्दा माओवादी केन्द्र यहाँ पनि ‘निल’ भयो ।

मोरङ पनि उछिन्न सकेन !
१७ तह रहेको मोरङमा एमालेले हालसम्म ५ तहमात्रै जितेको छ भने कांग्रेस ७ तह जित र २ तहमा अग्रता लिएर पहिलो दल बनेको छ । माओवादी केन्द्रले एक तह जितेको छ भने संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले १÷१ तहमा जित हात पारेका छन् ।

किन पछि पर्‍यो एमाले ?
उमेदवार समयमै टुंग्याउन नसक्नु, आन्तरिक विवाद, प्रतिष्पर्धी पार्टीको गठबन्धन पार्टी कमजोर बन्नुको कारक एमालेले औँल्याएको छ । एमाले सचिव एवम् एक नम्बर प्रदेशका संयोजकसमेत रहेका भीम आचार्य भन्छन्, “जनमतको हिसाबले एक नम्बर प्रदेशमा एमाले कमजोर त छैन तर, तहको हिसाबले एमाले पछि पर्‍ यो ।

किन त ? यसमा आचार्यले दुईवटा फ्याक्टर देखेका छन् । उनका अनुसार उमेदवार चयनमा पनि एमालेले बुद्धिमता पुर्‍याउन सकेन । त्यस्तै एमालेबिरुद्ध सबै दलको मोर्चाबन्दीले पनि राम्रै काम गर्‍यो ।

“एमालेलेलाई भएजति सबै शक्ति मिलेर एक्ल्याउने काम भयो । एमालेबाहेक सबै शक्ति एकातिर भए,” उनले भने ।

दुई तिहाइ तहमा जित्ने लक्ष्यकासाथ निर्वाचनमा होमिए पनि सोचेजति परिणाम नआउनु सोचनीय विषय भएको उनको ठम्याइ छ । मोरङ, सुनसरीमा पहिल्यैदेखि कमजोर भए पनि झापा एमालेको आधार क्षेत्र मानिन्थ्यो । एमाले त्यहीँ कमजोर देखिनु समीक्षाका विषय भएको उनको भनाइ छ । “तीन जिल्लाको मात्रै होइन समग्र प्रदेश नम्बर १ का १३ जिल्लाकै निर्वाचन परिणामका विषयमा हामी छलफल गर्छौं,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २३, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro