site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हामी वीर झैँ मर्नुपर्छ... ’
SkywellSkywell

काठमाडौं । खाकी लुगा, आँखामा कालोपट्टीले अनि दुवै हात डोरीले बाँधिएका दुईजना युवाहरुमध्येबाट एकजनाको आवाज गुन्जिन्छ, “हेर भाइ, वीर झैँ मर्नुपर्छ, वीर झैँ मर्नुपर्छ हामी । झुन्डिएर होइन, गोली थापेर मर्नुपर्छ बुझिस् ?” जवाफमा अर्कोले थप्छ, “हजुरको कुरालाई स–सम्मान गर्छु दाजु, त्यसै गरौँ ।”

यो संवाद तत्कालीन समयमा शोभाभगवतीमा दशरथ चन्द ठकुरी र गंगालाल श्रेष्ठबीच भएको अन्तिम संवादको नाट्य रूपान्तरण थियो । राणा शासनविरुद्ध उत्रिएको भन्दै उनीहरुलाई शोभाभगवतीमा गोली हानेर मारिएको थियो ।

वीरतापूर्वक छाती फुलाएर गोली खाएर मर्ने इच्छा पनि उनीहरुले नै व्यक्त गरेका थिए । हुन त गंगालाललाई ज्यान बक्सिसको सर्त पनि नदिएको होइन । तर, उनले तानाशाही राणाशासनको अगाडि शिर नझुकाउने निर्णय लिए । फलस्वरुप, आज ती वीरहरुको नाम इतिहासको पानामा सुनौलो अक्षरले लेखिएको छ । सहिद ।

KFC Island Ad
NIC Asia

करिब आठ दशकपछि पुनः एकपटक शोभाभगवतीको प्रांगणमा त्यस्तै-त्यस्तै संवाद र दृश्य दोहोरिएको छ । शब्दमा मात्रै जीवित ती पात्रहरु आज पुनः एकपटक ब्युँतिएका छन्, त्यही ठाउँमा र त्यही परिस्थितिमा तर नाटकीय रूपमा ।

इतिहासलाई नाट्य प्रस्तुतिमा उतार्दा कर्नेल नरशमशेरको भूमिकामा शेखर चापागाइँ, गंगालालको भूमिकामा गोविन्द ओली, दशरथ चन्दको भूमिकामा रवी श्रेष्ठ थिए । शिल्पी थिएटरकी रंगकर्मी पवित्रा खड्काले नाटक निर्देशन गरेकी हुन् ।

Royal Enfield Island Ad

नाट्य प्रस्तुतिको पृष्ठभूमिमा ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ठूलो ब्यानर झुन्ड्याइएको थियो । नागरिक आन्दोलनमा ऐक्यबद्धतास्वरुप शिल्पीले नाट्य प्रस्तुति दिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध जारी बृहत् नागरिक आन्दोलनअन्तर्गत सहिदप्रति समर्पित प्रस्तुति थियो यो ।

आठ दशकअगाडि दशरथचन्द र गंगालाल राणा शासनविरुद्ध लडेका थिए भने वर्तमानका ‘दशरथ चन्द’ र ‘गंगालाल’हरु प्रतिगमनविरुद्ध उत्रिएका छन् ।

आज शोभाभगवतीमा सहिद दशरथ चन्द र गंगालालप्रति समर्पित नाट्य प्रस्तुतिलगायतका कार्यक्रम गरियो । दशरथ चन्दले राममाया च्यामीलाई सम्बोधन गर्दै बोलेका कुराहरु दिग्गज कवि दुर्गालाल श्रेष्ठको स्वरमा उनको अडियो नेपालभाषामा प्रस्तुत गरियो ।

यस्तै, अरुणदेव जोशीको डोटेली भाषाको कविता अनि उर्मिला गम्बा थारुको थारु भाषाको कविता र सुजन आङदेम्बेले लिम्बू गीत र प्रदीप देवानले पनि गीत प्रस्तुत गरेका थिए ।

यसका साथै, निरन्तर संघर्ष र सडकमा रहेको नागरिक आन्दोलन अब नयाँ चरणबाट अघि बढ्ने घोषणा पनि गरिएको छ । बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा पत्रकार नारायण वाग्लेले आउँदो फागुन ७ गते टुँडिखेलबाट अर्को जनआन्दोलन सुरु गरिने बताए ।

“हाम्रा हरेक शासकहरुले कुन रवैया लिए, कुन गलत काम गरे, कुन नीति लिए भनेर एक–एक हिसाब माग्नका लागि अब हामी फागुुन ७ गते टुुँडिखेलमा भेला हुनुपर्ने भएको छ, साथीहरु । टुँडिखेलमा भेला भएर पहिलो बृहत् नागरिक भेलाले ७० वर्षदेखिको एक–एक हिसाब माग्नुपर्ने भएको छ,” वाग्लेले भने ।

बृहत् नागरिक आन्दोलनअन्तर्गत देशका चारजना सहिदहरुप्रति समर्पित गर्दै शिल्पीले नाट्य प्रस्तुति दिएको हो । पहिलो प्रस्तुति शुक्रराज शास्त्रीलाई समर्पित गर्दै उनलाई फाँसी दिइएको टेकु, पचलीस्थित खरीको रुखनिर गरियो । दोस्रो प्रस्तुति सहिद धर्मभक्त माथेमालाई समर्पित गर्दै सिफल चौरमा गरिएको थियो ।

तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  २१:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro