site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय भन्छन्- महानगरले कमलपोखरी मन्दिरमा गैरकानुनी आक्रमण गर्‍यो
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत शुक्रबार साँझ कमलपोखरीमा दुईवटा डोजर चलाएर त्यहाँ रहेका प्रहरी बिट, राधेराधे सत्सर्ग मन्दिर भत्कायो । कमलपोखरी क्षेत्रमा रहेको संरचना हटाउनुअघि छलफल नगरेको भन्दै त्यस क्षेत्रका बासिन्दाले विरोध जनाएका छन् ।

कमलपोखरी स्पोर्टस् क्लबका अध्यक्ष भीमसेन मैनालीका अनुसार मन्दिर भत्किँदा पाँच करोडबराबरको क्षति भएको छ । उनले भने, ‘‘बिनाजानकारी मन्दिर भत्काइयो । मूर्ति निकाल्न दिइएन ।” मन्दिर भत्काउन आउँदा महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटालाई स्थानीयले सोध्दा माथिको आदेशअनुसार आएको बताएका थिए । स्थानीयले उनलाई भत्काउन लेखिएको लिखितपत्र मागेका थिए । त्यसबेला उनले भनेका थिए, ‘‘मेयर विद्यासुन्दर शाक्यले मौखिक रुपमा भत्काउने आदेश दिएपछि हामी आएका हौं । लिखितपत्र छैन्, मौखिक रुपमै आएका हौं ।” 

स्थानीय अरुणसिंह केसीले राधा-माधव समिति र स्पोर्टस् क्लबलाई जानकारी नदिइ मन्दिर भत्काइँदा विरोधमा उत्रेको जानकारी दिए । उनले भने, ‘‘राज्यका बर्दिधारी प्रहरीले विनासूचना स्थानीयको धार्मिक सांस्कृतिक रुपमा रहेको मन्दिर भत्काउनु यो गैरकानुनी हो । मन्दिरमा रहेका मूर्तिलगायत बहुमुल्य सामान हराएका छन् ।”

KFC Island Ad
NIC Asia

स्थानीय सुशन वैद्य पनि महानगरपालिकाले छापामार शैलीमा मन्दिर भत्काएको आरोप लगाए । यस्तै स्थानीय प्रमिला उपाध्यायले महानगरपालिकाले चौबीस घण्टाको समय दिएको भए सामान ओसार्न सकिने बताइन् । उनी भन्छिन्, ‘‘पोखरीका विषयमा महानगरपालिकासँग असहमति थियो । यसकै रिस देखाएका हुन् मेयरले । पोखरीको पानी नसुकाउन अनुरोध गर्दागर्दै माथिको आदेश भन्दै पानी सुकाइयो ।"

यस्तै माधव प्रचार समितिका कार्यवाहक अध्यक्ष कमल मिश्र कमलपोखरीलाई स्पोर्टस क्लब र मन्दिरले नहेरेको भए अहिलेसम्म भूमाफियाको कब्जामा परिसक्ने बताउँछन् । विनासूचना धार्मिक तथा सांस्कृतिक सम्पदामा गरिएको आक्रमणमा संलग्नमाथि कारबाही हुनुपर्ने स्थानीयको माग छ ।

Royal Enfield Island Ad

स्थानीय बासिन्दाले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई विरोधपत्र बुझाउँदा मिलेर अगाडि बढ्ने बताएका छन् । अरु केही भनेका छैनन् । तर स्थानीय बासिन्दा भने विरोधमै छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भने पोखरीभित्र रहेका संरचनाले सौन्दर्य घटाएको बताउँछन् । उनी भन्छन्, ‘‘वरिपरिका संरचना भत्काउन एक वर्षअगाडि नै सहमति भएको थियो । पोखरीलाई पुरानै अवस्थामा लैजानुपर्नेछ । एक वर्षअगाडि भएको निर्णयअनुसारै काम अघि बढिरहेको छ । त्यतिबेलै भएको गुरुयोजनाअनुसार काम हुँदै गएकाले विरोधको औचित्य छैन ।”

संरक्षणकर्मीहरु भने महानगरपालिकाको गुरुयोजना नै गलत रहेको बताउँछन् । पोखरी संरक्षणकर्मी आलोकसिद्धि तुलाधर कंक्रिट प्रयोग गरिएको पोखरीमा पुरानो मौलिकता नष्ट हुने बताउँछन् । उनी भन्छन्, ‘‘जैविक तथा पर्यावरणीय सन्दर्भलाई ध्यान दिइएको छैन । काठमाडौंभरी मानिसलाई खुला क्षेत्र देखाउने ठाउँ छैन । कमलपोखरीलाई पनि यसरी नै कंक्रिटमय बनाइँदै छ । अहिले निर्माणका लागि ढुंगा, माटो, इँटा, फलामका रड असरल्ल छरिएका छन् ।”

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमलपोखरीको संरक्षण गर्न गुरुयोजना बनाएर निर्माण कार्य भइरहेको बताए । उनले भने, ‘‘कमलपोखरीको जग्गामा अनधिकृत रूपमा बनाइएको स्पोर्ट्स क्लब र राधेराधेको भवन भत्काएका छौं, त्यसको विरोध गर्न उचित छैन । उक्त भवनहरू स्वीकृति नलिई बनाइएका हुन् । कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरीले महानगरको अनुरोधमा छाडेका छन् । स्पोर्ट्स क्लब र राधेराधेको भवन अनधिकृत रूपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि भवन हटाइएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro