site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्यक्ष कला प्रदर्शनीमा ‘कन्टेपोररी आर्ट अफ नेपाल’
SkywellSkywell

काठमाडौं । सन् २०२१ सुरु भएसँगै चित्रकला प्रेमीहरुका लागि आशाको किरण छाएको छ । कोरोना महामारीले घरमै बसेर ल्यापटपको डिजिटल झ्यालबाट मात्रै चित्रकला अवलोकन गरिरहेका उनीहरुले अब प्रत्यक्ष ग्यालरीमा नै गएर चित्रकला हेर्न पाएका छन् ।

कोरोना महामारीको त्रास र लामो समय घरमै बस्दाको उकुसमुकस यतिबेला चित्रकारहरुले ललितपुरको भनिमण्डलमा गएर उतारिरहेका छन् ।

‘कन्टेम्पोररी आर्ट अफ नेपाल’ शीर्षकमा नेपालका २९ कन्टेम्पोररी (समकालीन) आर्टिस्टहरुको कला प्रत्यक्ष (फिजिकल) प्रदर्शनीमा राखिएका छन् । प्रतीक्षा भण्डारीको अवधारणामा आयोजना भएको यस कला प्रदर्शनीका क्युरेटर÷कलाकार आशा डंगोल, एरिना ताम्राकार र कपिलमणि दीक्षित हुन् ।

KFC Island Ad
NIC Asia

गैरनाफामूलक संगठन होस्टेहैँसे मुख्य आयोजक रहेको यस प्रदर्शनीको नाफाको १० प्रतिशत सोही संगठनको लागि जानेछ । करिब एक वर्षपछि प्रत्यक्ष दर्शकसामु आफ्नो काम प्रदर्शन गरेर प्रतिक्रिया लिन पाउँदा प्रदर्शनीमा सहभागी कलाकारहरु निकै खुसी देखिएका छन् ।

“म निकै उत्साहित छु । अनलाइन प्रदर्शनी गर्दागर्दा वाक्क भइसकेको थिएँ । म त मेरो सबै काम दर्शकलाई देखाउन चाहन्थेँ । तर, सम्भव नभएकोले चारवटा मात्रै राखेको छु,” न्युड आर्टिस्ट दीक्षितले आफ्नो उत्साह सुनाए ।

Royal Enfield Island Ad

दीक्षितको चारवटा कला प्रदर्शनीमा राखिएका छन् । कलाकार एरिनाको पनि ठूलो र सानो गरी चारवटा र आशा डंगोलको पनि चारवटा चित्रकलाहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदर्शनीमा सिनियर आर्टिस्टका साथै चारजना जुनियर आर्टिस्टका कला पनि समावेश गरिएका छन् । कलाकार दीक्षित यसलाई विलकुलै नयाँ प्रयोग भन्छन् । सिनियर कलाकारहरुको कला प्रदर्शनीमा जुनियर कलाकारहरुलाई प्रायः सामेल गरिँदैन थियो । यो पहलको दर्शक तथा अन्य कलाकारहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको क्युरेटरहरुले जानकारी दिए ।

“लगभग एक वर्षपछि यसरी प्रत्यक्ष प्रदर्शनी भएको हो, त्यो पनि कोरोनाको त्रास पूरै सकिसकेको छैन । त्यसैले अवलोकनकर्ताहरु आउने हो कि होइनन् भन्ने मनमा आशंका थियो । किनभने, प्रत्यक्ष भएता पनि कोरोनाअघिको जस्तो माहोल होइन । त्यसैले डर थियो,” कलाकार डंगोल भन्छन्, “तर, अवलोकनकर्ताहरुको उल्लेख्य संख्या र उहाँहरुको सकारात्मक प्रतिक्रियाले हाम्रो त्यो डरलाई पनि जितेको छ ।”

धेरै कलाकारहरुले सहभागिताको इच्छा राखेको तर सबैलाई समेट्न सम्भव नभएकोमा क्युरेटरहरुले दुखेसो पोखे । प्रदर्शनीमा पेन्टिङ, इन्स्टलेसन, मूर्तिकला, भिडियो आर्टलगायत कलाको विभिन्न विधा अवलोकनकर्ताहरुले एकै थलोमा हेर्न पाउने छन् । यस्तै, चित्रकलातर्फ कलाकार प्रमिला बज्राचार्यले महिला पात्रलाई केन्द्र बनाएर नेवारी समुदायको वेशभूषा हाकुपटासीलाई उतारेकी छिन् । कलाकर सौरगंगाले पनि महिला पात्रलाई केन्द्र बनाएका छिन् । त्यस्तै, कलाकार तथा क्युरेटर एरिनाले महिला पात्रलाई नै उभ्याएर ‘थर्ड आई’ शीर्षकमा महिलाको तेस्रो नेत्रलाई चित्रण गर्न खोजेका छन् ।

कलाकार दीक्षितले न्युड सिरिजमा, आशा डंगोलले मानव र जनावरको कोलाज गरेर मानिसको शरीरमा जनावरको टाउको राखेर जनावरप्रतिको मायालाई दर्साएका छन् । राजन पन्तले काठमाडौंका सम्पदा झल्किने पेन्टिङ गरेका छन् ।

त्यस्तै, कलाकार विजय महर्जनले ब्रोन्ज माध्यमको प्रयोग गरी ‘कम्पोजिसन’ शीर्षकमा सुन्दर टाउको तयार पारेका छन् । कलाकार रोशन मिश्रका थुप्रै काममध्ये प्रकाश र ध्वनीको इन्स्टलेसनको संयोजन र मृत्युपछिको शरीर र आत्माको संयोजन तयार पारेका छन् ।

पप–अप ग्यालरीको कन्सेप्ट 
‘कन्टेम्पोररी आर्ट अफ नेपाल’ कला प्रदर्शनी विदेशमा प्रचलित पप–अप ग्यालरीको अवधारणामा आयोजना भएको हो । जसको अर्थ कला प्रदर्शनीका लागि मात्रै खोलिएका ग्यालरीमा नभई कुनै खाली ठाउँलाई केही दिन वा महिनाका लागि ग्यालरीमा परिणत गरिन्छ । यहाँ ग्यालरीमा जस्तो विशेष बत्ती र अन्य व्यवस्था नगरी जस्तो ठाउँ छ, त्यही ठाउँमा पेन्टिङहरु सजाइने हो ।

मात्रै १० दिनको तयारीमा कला प्रदर्शनी गरिएको हो । नयाँ ठाउँमा कला प्रदर्शनी गर्दा अवलोकनकर्ताहरु पनि सधैँ ग्यालरीमा देखिइरहनेभन्दा नयाँ पनि आएको महसुस कलाकारहरुले गरेका छन् । कतिपय अवलोकनकर्ताहरु नयाँ ग्यालरी खुलेछ भनेर पनि हेर्न आएका छन् ।

No description available.

यसरी भयो पप–अप ग्यालरी ‘कन्टेम्पोररी आर्ट अफ नेपाल’को आयोजना
हाल कला प्रदर्शनी भइरहेको घर प्रतीक्षा भण्डारीको हो । डिर्पाटमेन्ट अफ इन्टरनेसनल डेभलोपमेन्ट (डीएफआइडी)को पूर्वकार्यालय पछिल्लो समयदेखि खाली थियो । प्रतीक्षा कलाकार एरिनाको कलाको विद्यार्थी हुन् । उनी यो लकडाउनको समयमा एरिनाको स्टुडियोमा उनीसँग पेन्टिङको कक्षा लिइरहेकी थिइन् । त्यस क्रममा उनले एरिनाका एकमाथि अर्को गर्दै खप्टिएका चित्रकलाहरु देखिरहेकी थिइन् । उनलाई ती कलाहरु मज्जाले राखेर हेर्न मन थियो । तर, स्टुडियो सानो भएकाले सम्झव थिएन ।

उनले एकदिन एरिनालाई आफ्नै खाली ठाउँमा ती सबै कलाहरु राखेर हेर्ने प्रस्ताव गरिन् । त्यसपछि एरिनाले कलाकार आशा र कपिलसँग कुरा गरे र १० दिनको तयारीमा यो कला प्रदर्शनी गरे । 

भण्डारी भन्छिन्, “म हरेक दिन मेरो लेसन सकिएपछि ५-१० मिनेट तल गएर उहाँको आर्टहरु हेर्ने गर्थेँ । तर, मलाई ती पेन्टिङहरु फिजाएर राम्रोसँग हेर्न मन थियो । अनि, मैले यी पेन्टिङहरु प्रदर्शनीमा हेर्ने जिज्ञासा राखेर यता यो बिल्डिङ पनि खाली भएकोले यतै मिल्छ कि भन्ने प्रस्ताव गरेपछि आज यो प्रदर्शनी पोसिबल भएको हो ।”

लामो समय घरमै बस्दाको तनावलाई यो प्रदर्शनीले धेरै राहत मिलेको महसुस उनले गरिरहेकी छिन् । अन्य अवलोकनकर्ताहरुले पनि सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् ।

गएको जनवरी १७ तारिखदेखि सुरु भएको प्रदर्शनी जनवरी ३१ सम्म चल्नेछ ।

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro