site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कीर्तिमानी आरोहीको भव्य स्वागत (तस्बिर, भिडियोसहित )

काठमाडौं । पाकिस्तानको केटु हिमालको सफल आरोहण गरी स्वदेश फर्किएका १० जना नेपाली आरोहीलाई भव्य स्वागत गरिएको छ ।

निर्मल पुर्जासहितको टोलीलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । त्यसपछि टोलीलाई तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारालगायतका स्थान परिक्रमा गराइयो । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ उनीहरुलाई सम्मान गरिने जनाइएको छ ।

उनीहरुले जाडो मौसममा केटुको पहिलोपटक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् । १० नेपाली आरोही यही माघ ३ गते केटुको शिखरमा पुगेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्मल पुर्जाको नेतृत्वमा मिङ्मा डेभिड, मिङ्मा तेन्जी, मिङ्मा ग्याल्जी, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए ।

माउन्ट केटु विश्वको दोस्रो अग्लो हिमाल हो । केटु समुद्र सतहबाट आठ हजार ६११ मिटर उचाइमा रहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्