site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला दल पनि जिल्लामै ‘शून्य’ !
SkywellSkywell

काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ तहमध्ये ३ सय १८ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये एमालेले १४२ तहमा जितेर पहिलो दल बनेको छ भने कांग्रेसले १ सय १७ तहमा जितेर दोस्रो स्थान कायम गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३८ स्थानमा मात्र विजय हासिल गरेको छ ।

चौँथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ७ स्थानमा विजय हासिल गरेको छ भने पाँचौँमा नेपाल लोकतान्त्रिक पार्टी बनेको छ । उसले ६ तहमा जितेको छ । हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ तहमा जितेको छ भने राष्ट्रिय जनमोर्चा पार्टीले दुई तह जित्दा स्वतन्त्रले तीन तहमा जितेको छ ।

यहाँ जितेनन् ठूला दलले !
दोस्रो चरणमा ३५ जिल्लामा निर्वाचन भयो । जसमा प्रदेश नम्बर १ मा १४, ५ मा १२ र ७ नम्बरका ९ जिल्लामा निर्वाचन भयो । जसमध्ये प्रदेश नम्बर १ का ५ जिल्लामा एमालेले बहुमत हासिल गर्‍यो । तर कांग्रेसले धनकुटा जिल्लाको एउटा तहमा पनि प्रमुख पद जित्न सकेन । सात तह रहेको धनकुटामा व्यवस्थापिका संसद्को ठूलो दल कांग्रेस मात्रै होइन माओवादी केन्द्रसमेत बढारियो । सातमा सातै तह हात लगायो एमालेले ।

KFC Island Ad
NIC Asia

प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये कपिलवस्तु र बाँकेमा माओवादी केन्द्रले प्रमुख पद जित्न सकेन । ८ तह रहेको बाँकेको नेपालगञ्ज उपमहानगर राप्रपाको पोल्टामा प¥यो । त्यस जिल्लामा एमालेले ४ तह जितेर पहिलो भने भने संघीय समाजवादी फोरमले १ तहमा जित हात पार्‍यो ।

माओवादी केन्द्रका नेता गणेशमान पुन विजयी भएको क्षेत्र रुकुममा एमाले कांग्रेस दुवै ‘निल’ भए, एक तह पनि जित्न सकेनन् । 

Royal Enfield Island Ad

गुल्मीमा ७ तह, पाल्पामा ६ तह,  रुपन्देहीमा ७ तह, दाङमा ६ तह, बाँकेमा ४ तह जितेर जिल्लागत रूपमा एमाले अग्रस्थानमा देखियो भने रोल्पामा माओवादी केन्द्रले ७ तह जित्दा एमाले २ र कांग्रेस एक तहमा सीमित भए ।

तुलनात्मक रूपमा एमाले बलियो मानिएको ७ नम्बर प्रदेशमा माओवादी केन्द्र कमजोर भएन । इज्जत जोगायो । ३८ तहमा जितेको माओवादी केन्द्रले ५ नम्बर प्रदेशमा मात्रै १९ स्थान जित्यो ।

यता ७ नम्बर प्रदेशको बाजुरा र बझाङमा पनि माओवादी केन्द्र शून्य भयो ।

कांग्रेसलाई सात नम्बर प्रदेशमा बलियो मानिएको थियो । त्यसो त बहालवाला प्रधानमन्त्रीको गृहप्रदेशसमेत हो त्यो । तर, त्यहाँपनि एमालेले कांग्रेसकै हाराहारीमा जित हासिल गर्यो । कांग्रेस एमालेले बराबर ३७ स्थान जितेका छन् भने माओवादी केन्द्र ९ तहमा सीमित भएको छ । कैलालीमा हालसम्म एमालेले ७० प्रतिशत जितेको छ भने बझाङमा ७५ प्रतिशतको हाराहारीमा एमालेले जित्यो । ७ तहमध्ये ४ स्थान जितेर जिल्लाबासीले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको इज्जत कायम राखिदिए । एमाले उपाध्यक्ष भीम रावलको जिल्लामा एमाले नै पछि पर्ने अवस्था आयो ।

९ तह रहेको अछाममा कांग्रेसले ५ तह जित्यो भने एमाले र माओवादी केन्द्रले दुई÷दुई स्थान जित हात पारे । पहिलो चरणमा निर्वाचन भएका जिल्लामध्ये माओवादी केन्द्र काठमाडौं, भक्तपुर, दोलखा, कास्की, पर्वत, स्याङ्जा, मनाङ, मुस्ताङ, दैलेख र मुगुमा शून्य तहमा चित्त बुझाउनुपर्यो । त्यसैगरी रुकुममा कांग्रेस र एमाले तथा गोरखामा एमालेले कुनै पनि तह जित्न सकेन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २२, २०७४  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro