राजनीति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले विरोध प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाकेन्द्रित ठूलो सभा आयोजना गरिएको हो ।
सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाललगायतका नेताहरुले सम्बोधन गरेका छन् । रत्नपार्क–भद्रकाली सडकखन्डको मूल सडक नै थुनेर सभा आयोजना गरिँदा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । सभाअघि उपत्यकामा विभिन्न १० स्थानबाट जुलुस निकालिएको थियो । हेरौं थप तस्बिर :
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७ १५:५९
प्रतिक्रिया दिनुहोस्