देश
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ ।
भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं आइपुगेको हो ।
खोप आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गरे ।
एअर इन्डियाको विमानमार्फत खोप काठमाडौं आइपुगेको हो । कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन हो ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७ १६:२६
प्रतिक्रिया दिनुहोस्