site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको पाठशाला सीयूजी प्रभावविहीन, ४३ विद्यालय मात्र आबद्ध

काठमाडौं । सरकारले वैकल्पिक सिकाइ सहजीकरणका लागि ल्याएको पाठशाला सीयूजी (क्लोज्ड युजर ग्रुप) सिममा हालसम्म ४३ विद्यालय मात्र सहभागी भएका छन् ।

कोरोना महामारीबीच विद्यार्थीको पढाइ निरन्तर जारी राख्न नि:शुल्क सिमकार्ड वितरण गरेको हो । देशभरि संस्थागत र सामुदायिक विद्यालय गरी ३५ हजार ६ सय १ विद्यालय छन् । जसमा सामुदायिक विद्यालय मात्र २८ हजारभन्दा बढी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल टेलिकमसँग सम्झौता गरेर मंसिरदेखि नै नि:शुल्क सिम बाँड्न सुरु गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यसामग्रीहरू उपलब्ध छन् । श्रव्यदृश्य माध्यम दुवै तरिकाबाट पढ्न सजिलो होस् भनेर केन्द्रले नि:शुल्क सिम वितरण गरेको थियो ।
सिममार्फत सीयूजीमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरूले आपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जीबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ मा प्रस्तुत कार्यविधिअनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाइ सम्पर्क कायम गराउन विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको सीयूजीमा आबद्ध गराउने योजनाअनुरुप मंसिरमा सो योजना सुरु भएको थियो ।

सोहीबमोजिम नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकताअनुसार ‘पाठशाला सीयूजी सिम (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराउने र शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए सेवाका प्रिपेड मोबाइल नम्बरहरू वा निःशुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरूलाई सीयूजीमा आबद्ध गर्न सकिने व्यवस्था गरेको थियो । सिकाइ सञ्चार सञ्जालीकरण निर्देशिका जारी गरी शिक्षक, विद्यार्थी, टेलिकम सबैको भूमिका त्यसमा उल्लेख गरिएको थियो ।

कार्यक्रमलाई प्रभावकारी पार्न कात्तिकमै केन्द्रले देशभरिका गाउँपालिका तथा नगरपालिकामा पुग्ने गरी ३ करोड बजेट पठाइसकेको छ । तर कार्यक्रम भने त्यति प्रभावकारी हुन सकेको छैन । पहिलोपल्टको अभ्यास भएकाले सबै विद्यालय गाभिन नसकेको मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् ।

विद्यार्थीलाई मानव स्रोत विकास केन्द्रले तयार पारेका श्रव्यदृश्य सामग्री पढ्न, हेर्न र सुन्नका लागि नि:शुल्क सिम र महिनाभरि ९९ रुपैयाँ ब्यालेन्स सिममा राखिने व्यवस्था छ । यस्तै, आवश्यक परे प्रयोगकर्ताले आफ्नो नम्बरमा आफैं रिचार्ज गरेर ब्यालेन्स कायम गरी प्रयोग गर्न सकिन्छ ।

तर सिम कार्ड व्यवहारिक नभएको सरस्वती उच्च माविका प्रधानाध्यापक अर्जुन श्रेष्ठ बताउँछन् । उनका अनुसार श्रव्यदृश्यका भिडियोहरू ठुल्ठूला फाइल हुने भएकाले ५ जीबी डाटा एउटै फाइल डाउन गर्न पनि नपुग्ने उनी सुनाउँछन् । भन्छन्, “सिम व्यवहारिक भएन । त्यसैले हाम्रोमा शिक्षक र विद्यार्थी दुवैले प्रयोग गरेका छैनन् ।”

कार्यक्रम प्रभावकारी नभए पनि निरन्तर सञ्चालन गरिने केन्द्रले जनाएको छ । सरकारको पाठशाला सीयूजी कार्यक्रमलाई  विस्तृत रुपमै लैजान भर्खरै सिकाइ निरन्तर अभियान सुरु भएको छ । ११ वटा माध्यमबाट विद्यार्थीलाई पढाइने भए पनि टेलिफोनबाट पढाइने माध्यमलाई बढी जोड दिइएको छ ।

-फाइल तस्बिर

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro