site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हामी लुटियौं, हाम्रो नाम र सिर्जना दुवै सकियो बचाइदिनुपर्‍यो’

काठमाडौं । अग्रज कलाकार तथा स्रस्टाहरूले आफूहरू ठगिएको बताएका छन् । नयाँ पुस्ताले आफूहरूका भाका तथा सिर्जना विनाअनुमति प्रयोग गर्दा आफूहरू ठगिन पुगेको उनीहरूको भनाइ छ ।

गीत, संगीत तथा भाकाहरू विनाअनुमति नयाँ पुस्ताले प्रयोग गर्दा आफूहरूको नामसँगै आर्थिक अधिकार पनि हनन् भएको उनीहरूको गुनासो छ । राज्यले आफूहरूको माग सुनुवाइ नगरेको भन्दै अग्रज कलाकारहरू राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल पुगेका छन् । उनीहरूको माग सम्बोधन गर्न प्रतिष्ठानले सूचना जारी गर्दै विनाअनुमति अरुका भाका तथा गीत प्रयोग गर्ने व्यक्तिलाई सम्बन्धित सर्जक तथा उत्पादकसँग समन्वय गर्न आग्रह गरेको छ ।

अन्यथा सर्जकको उजुरी परेको खण्डमा उक्त सामग्री प्रसारण भइरहेको च्यानलविरुद्ध सर्जकहरूकै कार्यदल र संस्थागत रुपमा गुगल रिपोर्ट गरेर च्यानल नै बन्द गराउने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी बताउँछन् ।

गीत/संगीत तथा भाकाहरू व्यावसायिक रुपमा प्रयोग गर्दा वास्तविक स्रष्टाहरूसँग अनुमति लिन पनि उनले आग्रह गरे । 
राज्यका सम्बन्धित निकायहरू साँघुरो घेरामा बसेका कारण बारम्बार एउटै समस्या आइरहेको उनको निष्कर्ष छ । लोकभाकाको प्रतिलिपि हुँदैन भन्ने प्रतिलिपि अधिकारको कानुनका कारण पनि सर्जकहरू मारमा परिरहेको उनको भनाइ छ । “पछिल्लो समय लोकगीत तथा भाकाहरू रचना गर्न थालिएको छ । रचना सिर्जनाभित्र परेपछि यसको प्रतिलिपि अधिकार सर्जकमा हुन्छ,” अध्यक्ष बीजी भन्छन्, “प्रतिलिपिले यो नियम संशोधन गर्नुपर्छ । अहिले यही नियममा टेकेर नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले सकेसम्म मेलमिलाप गर्ने काम गरिरहेको छ ।”

यता, नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले भने विद्यमान कानुन र नियमभन्दा बाहिर गएर आफूले केही गर्न नसक्ने जनाएको छ । “कानुन तथा ऐन, नियममा बसेर हामीले काम गर्ने हो । कानुनभन्दा माथि उठेर हामीले केही पनि गर्न मिल्दैन,” नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयकी रजिस्ट्रार विष्णुकुमारी भट्टराई भन्छिन्, “ऐन संशोधनको कसरी हुन्छ, त्यो हामीले भनिरहनु पर्दैन । हाम्रो पहुँचबाहिरको कुरा हो । ऐन नियमले जे भन्छ, हामीले त्यही गर्ने हो ।” 

उनले सकेसम्म दुईपक्षबीच मिलाउने नै रजिस्ट्रारको कार्यालयको दायित्व भएको भन्दै यसलाई बुझिदिन आग्रह गरिन् । दण्ड जरिवाना गर्ने गर्ने र सजायको भागिदार बनाउनेभन्दा पनि सकेसम्म मिलाउने कार्य नै प्राथमिकतामा पर्ने रजिस्ट्रारको भनाइ छ । राजिस्ट्रारको कार्यालय सर्जक तथा स्रस्टाहरूकै संस्था भएकाले विधी र प्रक्रिया पुर्‍याएर आएका सर्जकका काम, गुनासा तथा अधिकारका पक्षमा उभिन सधैं तयार रहेको उनको भनाइ छ ।

यता, प्रतिष्ठानका अध्यक्ष बीजी भने अधिकांश विवाद रजिस्ट्रारको कार्यालयमा गएर मिल्ने भएकाले चोरी गर्ने तथा रोयल्टी ठगी गर्ने पक्षको मनोबल उच्च हुने गरेकाले सोही प्रकृतिका घटना दोहोरिरहेको बताउँछन् ।

उनले रोधी घर, युट्युब तथा कतिपय टेलिभिजन कार्यक्रमहरूले अग्रज स्रस्टाहरूका गीत तथा भाकाहरू बिनाअनुमति प्रयोग तथा प्रसारण गरेर महिनाकै लाखौं रुपैयाँ कमाइरहेको तर वास्तविक स्रस्टाको नामसमेत गुमनाम हुनुका साथै आर्थिक तथा नैतिक अधिकारसमेत गुमाइरहेको बताए ।

“हामी लुटियौं, हाम्रो नाम पनि गयो । सिर्जना पनि सकियो । अब राज्यले हामीलाई केही गरेन । हामीलाई तपाईंहरूले बचाइदिनुपर्‍यो । होइन भने हामी मुद्दा मामिलामा जानुपर्‍यो भनेपछि हामीले सचेत गराउँदै सम्बन्धित स्रस्टाहरूसँग समन्वय गर्न अनुरोध गरेका हौं,” उनले भने, “बमबहादुर कार्की, नारायण रायमाझी, दुर्गा रायमाझी, इन्द्र जीसी, कस्तूप पन्त, एकनारायण भण्डारी, बीबी अनुरागीलगायतले आफूहरू ठगिएको गुनासो गरेपछि हामीले यो अनुरोध गरेका हौं ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro