देश
काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढेको छ । प्रदूषण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि ‘मर्निङ वाक’ नगर्न सर्वसाधारणमा अपिल गरेको छ ।
वायु प्रदूषण बढ्दै गएको र मानव स्वास्थमा असर पर्ने भएकाले स्वस्थ वातावरणमा बाँच्ने हकको ग्यारेन्टी गर्न मागसहित आज काठमाडौंमा युवाहरुले प्रदर्शनसमेत गरेका छन् ।
प्रदर्शनमा ‘स्वस्थ वातावरणमा बाँच्न चाहन्छौं’, ‘हरियो वन, आखिर कसको धन ?’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर युवाहरु सहभागी भएका थिए । हेरौं काठमाडौंको माइतीघरमा आज गरिएको प्रदर्शनका थप तस्बिर :
प्रकाशित मिति: बुधबार, पुस २२, २०७७ २०:५५
प्रतिक्रिया दिनुहोस्