site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिजिटल प्लेटफर्म : नेपालमा अझै केही वर्ष सिनेमा हलकै भर
SkywellSkywell

काठमाडौं । कोरोना महामारीले सिनेमा हल बन्द हुँदा हलिउडदेखि बलिउडसम्मका धेरै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अपेक्षित अफर गरेपछि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न निर्माताहरु तयार भए । विश्व चलचित्र बजारमा राज गरेका हलिउड, बलिउडका ठूला ब्यानरकै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदा कोरोनाले घरमै थुनिएका बेला पनि दर्शकले चलचित्रको मनोरञ्जन लिन पाए ।

नेपालमा भने त्यसको छायासमेत परेन । कारण नेपालमा भरपर्दो डिजिटल प्लेटफर्म विकास हुन सकेकै छैन । भएका डिजिटल प्लेटफर्म पनि पाइरेसीका हिसाबले सुरक्षित छैनन् । केहीदिन अगाडि युट्युबमा रिलिज भएको चलचित्र ‘छक्का पञ्जा-३’ चलचित्र टीभी एपबाट पाइरेसी भएपछि युट्युबमा रिलिज गरिएको थियो । 

नेपालमा ठूलो लगानीमा डिजिटल प्लेटफर्म खुल्न सकेका छैनन् । 

KFC Island Ad
NIC Asia

अभिनेता तथा चलचित्र निर्देशक खगेन्द्र लामिछाने नेपालमा ठूलो लगानीमा विश्वासिलो डिजिटल प्लेटफर्म आवश्यक भइसकेको बताउँछन् । विश्वासिलो प्लेटफर्म भएको अवस्थामा नेपाली चलचित्रकर्मीलाई पनि यसतर्फ आकर्शित गर्न सकिने उनको विश्वास छ । सुरक्षित डिजिटल प्लेटफर्म भएको र राम्रा कन्टेन्ट उत्पादन गर्नसके नेपालमा पनि डिजिटल प्लेटफर्मले राम्रो बजार लिनसक्ने खगेन्द्र बताउँछन् । उनी आज डिजिटल प्लेटफर्म सार्वजनिक गर्दै छन् । निकै लामो तयारीपछि उनीहरुले एप सार्वजनिक गर्न लागेका हुन् ।

कलाकार तथा निर्माता माओत्से गुरुङ विश्वास गर्न सकिने प्लेटफर्मको विकास भएको अवस्थामा सानो बजेटका चलचित्रका लागि राम्रो माध्यम बन्न सक्ने बताउँछन् । “कति निर्माताहरु हलमा चलचित्र रिलिज गर्न नसकेर बस्नुपर्ने अवस्था छ । लामो समयसम्म कर्नुपर्दा लगानी बढ्ने मात्रै होइन डुब्ने सम्भावना झन धेरै हुन्छ,” माओत्से भन्छन्, “त्यसैले सानो बजेटमा बनेका चलचित्र लगानी उठ्ने अवस्थामा डिजिटल प्लेटर्फममा रिलिज हुन्छन् । तर यसका लागि सबैभन्दा पहिला चलचित्र किन्न सक्ने डिजिटल प्लेटफर्म हुनुपर्छ ।”

Royal Enfield Island Ad

अमेजन प्राइम भिडियो, नेटफ्लिक्सजस्ता डिजिटल प्लेटफर्ममा तत्काल नेपाली कन्टेन्ट जानसक्ने सम्भावना नरहेका कारण नेपाली चलचित्रका लागि नेपाली प्लेटफर्म नै आवश्यक रहेको उनी बताउँछन् । पहुँच र गुणस्तर दुवैका कारण नेपाली चलचित्र तत्काल अमेजन प्राइम भिडियो, नेटफ्ल्क्सिलगायत प्लेटफर्ममा जान नसक्ने माओत्से सुनाउँछन् ।

पुरानो सोच, पेमेन्ट गेटवे, गुणस्तरीय कन्टेन्टको अभाव र बजारका कारण अझै केही वर्ष नेपालमा डिजिटल प्लेटफर्म अपेक्षित रुपमा विकास नहुने कलाकार दीपकराज गिरी बताउँछन् ।

नेपालमा सिनेमा हेर्ने कल्चर विकास हुन नसक्नु, सकेसम्म पैसा नतिरी हेर्न पाए हुन्थ्यो भन्ने सोचमा परिवर्तन नआउनु, गुणस्तरीय कन्टेन्ट निर्माण हुन नसक्नु, ठूलो परिमाणमा लगानी हुन नसक्नु र खाडीमा रहेका नेपालीसम्म नेपाली डिजिटल प्लेटफर्म नपुग्नु नै नेपालमा डिजिटल प्लेटफर्म विकास नहुनुको मुख्य कारण रहेको उनको ठहर छ ।

“नेपाली चलचित्र धेरै हेर्ने भनेको खाडीमा रहेका नेपालीले हो । त्यहाँसम्म हाम्रा डिजिटल प्लेटफर्म पुग्नै सकेनन् । अर्को कुरा भारत र नेपाली भाषी रहेका ठाउँमै हाम्रा डिजिटल प्लेटफर्म पुग्दैनन् भने कसरी यसको बजार राम्रो हुन्छ ?,” दीपक प्रश्न गर्छन्, “छक्का पञ्जा-३ नै एपमा राख्दा खाडीमा रहेका कति नेपालीले यो त खुल्दैन त किन  ?, कसरी हेर्ने ? भनेर मलाई सोध्नुभएको छ । पहिला त हामीले हाम्रा डिजिटल प्लेटफर्म बनाउने हो भने नेपाली रहेका ठाउँसम्म पुर्‍याउनुपर्छ । पमेन्ट गेटवे राम्रो बनाउनुपर्छ ।”

बजार राम्रो नभएसम्म यसमा ठूलो परिमाणमा लगानी गर्न पनि कठिन रहेको दीपक बताउँछन् । नेपालमा सिनेमा कल्चर विकास नभइसकेका कारण अन्तर्राष्ट्रिय सिनेमा बजारका कन्टेन्ट पनि नेपाली डिजिटल प्लेटफर्मले राख्‍न सके मात्रै यसको बजार विस्तार हुने उनको धारणा छ ।

अमेजन प्राइम र नेटफ्ल्क्सिले नेपाली कन्टेन्ट लिन नेपालले सुरुमा पेमेन्ट गेटवे राम्रो बनाउनुपर्नेमा उनको जोड छ । अझै केही वर्ष नेपाली सिनेमा र दर्शकका लागि चलचित्र घरको विकल्प नरहेको दीपक बताउँछन् । नेपालमा अमेजन प्राइम र नेटफ्लिक्स हेर्ने गरिए पनि पेमेन्ट विदेशमा बस्ने साथी तथा आफन्तहरुको कार्डबाट गर्ने गरेकाले नेपाली भूमीबाट पेमेन्ट गरेको नदेखिएपछि यी प्लेटफर्मले नेपाली कन्टेन्ट लिएका छैनन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सहज पेमेन्ट गेटवेका लागि सरोकारवाला निकाय अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग प्रस्ताव राखेको बताउँछन् । दुवैले सकारात्मक रहेको उनको भनाइ छ । चलचित्र विकास बोर्डले पनि यसमा चासो देखाइसकेको छ । डिजिटल प्लेटफर्मको विकासका लागि पेमेन्ट गेट वे सजिलो हुनुपर्ने बोर्डले बताएको छ ।

“डिजिटल प्लेटफर्मको विकासका लागि हरेकका खल्तीमा सजिलो पेमेन्ट गेट-वे भएको बैंकिङ कार्ड उपलब्ध हुनुपर्छ । यस विषयमा पनि मैले गभर्नरसँग कुरा गरेको छु,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, “इन्टरनेसनल प्लेटफर्मसँग टाई-अप गर्नुपर्छ । डलर पेमेन्ट गर्नुपर्ने भएकाले पेमेन्ट गेट-वे सहज बनाउनुपर्छ । यसमा मैले छलफल सुरु गरेको छु । आजको भोलि नहोला तर प्रक्रियाका लागि छलफल चलाएकाले पक्कै पनि हुनेछ ।”

डिजिटल पेमेन्टका लागि हरेकका खल्तीमा पेमेन्ट गेटवे भएको बैंकिङ कार्ड उपलब्ध हुनुपर्ने भन्दै दाहाल प्रश्न गर्छन्, “आजका दिनमा कति नेपालीको बैंक खाता छ । कति नागरिकले बैंकिङ कार्ड प्रयोग गर्छन् भन्ने तथ्यांकले ठूलो अर्थ राख्छ यसमा । डिजिटल प्लेटफर्म त बनाऔंला तर यसमा जोडिने उपभोक्तासँग बैंकिङ कार्ड छ ?”

उनको यो प्रतिप्रश्नले नेपालमा डिजिटल प्लेटफर्मको विकास र सहज प्रयोगका लागि केही समय लाग्ने संकेत गर्छ । भलै बोर्डले यसमा पहल गरिरहेको उनको भनाइ छ ।  कोरोनाकै कारण नौ महिना सिनेमा हल बन्द हुँदा तीन दर्जन चलचित्र निर्माण सम्पन्न भएर थन्किएर बसेका छन् । त्यति नै संख्यामा चलचित्र अहिले निर्माणको चरणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro