काठमाडौं । काठमाडौंको सिंहदरबार अगाडिबाट शान्ति समाजका अगुवाहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागरिक अगुवा कृष्ण पहाडीलगायत अभियन्ता छन् ।
सिंहदरबारअघि सरकार विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हिजो आइतबार मात्र सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि चौतर्फी विरोध प्रदर्शन भइरहेका छ्न ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत संसद् विधटनको सिफारिस गरेका थिए ।
यसैबीच प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एकजना काठमाडौंको माइतीघरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सो समूहका विद्यार्थी नेता उषाकिरण छन् । माइतीघरमा सरकार विरोधी प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको हो । उनी अखिल क्रान्तिकारीको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष थिए ।
अहिले माइतीघरमा विवेकशील साझालगायत दलहरुले प्रदर्शन गरिरहेका छन् ।