site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्जको नेतृत्व आउला धवलको काँधमा ?
SkywellSkywell

काठमाडौं । २० वर्ष अघि करिब ७७ सय मतका साथ नेपालगञ्ज नगरको प्रमुखमा निर्वाचित भएका धवल शमशेर राणा यसपटक पनि सोही नगरको प्रमुख पदमा जित नजिक छन् । ६२ हजार ३ सय ९७ मतदाता रहेको नेपालगञ्जमा ४५ हजार बढी मत खसेको छ । २३ वडा रहेको नेपालगञ्ज उपमहानगरमा १२ वडाको मत गणना सकिँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा ६ हजार ९ सय ८३ मतका साथ अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशकुमार कानोडिया ४ हजार २ सय ८९ मत ल्याएका छन् । र, उनी  २ हजार ६ सय ९४ मतका साथ पछि छन् ।

निर्वाचन भएका ३ सय ३४ तहमध्ये १ सय ६७ तहको नतिजा सार्वजनिक हुँदा राप्रपाले गाउँपालिका र नगरपालिकामा खातासमेत खोल्न सकेको छैन । पाँच नम्बर प्रदेशको आर्थिक केन्द्र नेपालगञ्जमा भने राप्रपाले राम्रै अग्रता लिइरहेको छ  । तर, नेपालगञ्जमा पार्टी भन्दा पनि व्यक्तिको लोकप्रियताका कारणले परिणाम राप्रपाको पक्षमा देखिएको बताइन्छ ।

हालसम्म कुन वडामा को ?
१२ वडामध्ये राप्रपा, एमाले र माओवादीले समान तीन/तीन वडा जितेका छन् भने कांग्रेसले दुई र संघीय समाजवादी फोरमले एक वडामा जित हासिल गरेका छन् । ४, ५ र ८ राप्रपा,  १, ६ र ९ एमाले, ३, ७ र २१ माओवादी, कांग्रेसले २ र २२ तथा २३ नम्बर वडामा संघीय समाजवादीले विजयको झन्डा फहराएका छन् ।
अहिले वडा नम्बर १० देखि २० सम्मको मतगणना भइरहेको छ ।

KFC Island Ad
NIC Asia

अरु उपमेयरलाई मेयरको चिन्ता धवललाई उपमेयरको
मेयर पदमा राप्रपाले अग्रता लिँदा उपमेयर पदमा भने नेपाली कांग्रेसकी उमा थापामगरले अग्रता लिएकी छन् । उनले ५ हजार ३ सय ६५ मत प्राप्त गर्दा राप्रपाकी रमा रानी गुप्ताले ५ हजार १ सय ४९ मत प्राप्त गरेकी छन् । हालसम्मको मत परिणामलाई हेर्ने हो भने मेयर पदका उमेदवारभन्दा उपमेयर पदका उमेदवार लोकप्रिय देखिएका छन् । मेयर पदमा उठेका नेकपा एमालेका समसुद्धिन सिद्धिकी भन्दा उपमेयर पदका उमेदवार शान्तीदेवी ढकाल लोकप्रिय देखिएकी छन् । सिद्धिकीले मेयरमा ३ हजार ८ सय ९३ मत प्राप्त गर्दा ढकालले ४ हजार १ सय ९६ मत ल्याएकी छन् ।

सांसदमा पराजित, मेयरमा पल्लाभारी
०७० सालको निर्वाचनमा धवल शमशेर संविधानसभा सदस्यको उमेदवार थिए । तर, उनी नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् दिवंगत नेता सुशील कोइरालासँग १७ सय मतान्तरले पराजित भए । 

Royal Enfield Island Ad

हाल सम्म उनी नेपालगञ्जबाट पाँचपटक चुनाव लडेका छन् । ०५४ सालमा मेयर बने । सांसद्मा भने उनी तिनैपटक पराजित भए । ०७० सालमा पनि नेपालगञ्जबासीले उनलाई मत दिन नखोजेका होइनन् । ‘प्रधानमन्त्री हुँदैछन्, नेपालगञ्जबासीले केही राहत महसुस गर्लान्’ भन्ने आशका कारण पनि उनी पछि परे ।

यसपटक उनी अघि लाग्नुको मुख्य कारण भनेको नेपालगञ्जमा सुशील कोइरालापछिका ‘हेवीवेट’ अन्य पार्टीमा नहुनु नै हो ।

भ्रष्टाचार गर्दिनँ, अरुको भर पर्दिनँ
नेपालगञ्ज उपमहानगरको यसपटकको निर्वाचनमा उनले नारै बनाए– भ्रष्टाचार गर्दिनँ । स्वच्छ छवीका नेताका रूपमा धवललाई नै लिन्छन् नेपालगञ्जबासी ।

स्थानीय पत्रकार कृष्ण अधिकारी भन्छन्, “नेपालगञ्जबासीले धवल शमशेरलाई भ्रष्टाचार विरोधी छवी बनाएका नेताका रूपमा चिन्छन् । उनले प्राप्त गरेको मतको बलियो आधार त्यही हो ।”

साढे दुई दशकदेखि नेपालगञ्जलाई केन्द्र बनाएर राजनीति गरेका धवलको यसपटकको जितको आधार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नै भएको स्थानीयको ठम्याइ छ ।
त्यसका अतिरिक्त मेयर पदका १६ प्रत्यासीमध्ये उनी ‘हाइप्रोफाइल्’ हुन् । अरु उमेदवार विजयी भए भने पार्टीले घुमाउने हुन् कि, नगरको विकास निर्माणको नेतृत्वबाट पाखा लाग्ने हुन् कि भन्ने भय पनि मतदातालाई थियो । तर, धवलको हकमा त्यो लागु हुँदैन भन्ने विश्वास मतदातालाई छ । उनी राप्रपाका महामन्त्री हुन् । उनलाई घुमाउने त्यसभेगमा राप्रपाका हेवीवेट छैनन् । त्यसले पनि उनलाई पहिलो रोजाइ बनायो ।

हुन त त्यसठाउँबाट सुशील कोइरालाले पनि नजितेका होइनन् । देशको कार्यकारी प्रमुखसमेत बनेका कोइरालाले देशलाई संविधान दिए तर नेपालगञ्जबासीले केही पाएनन् । डुवान, ढल निकासको समस्या त दिनहुँ भोग्नुपथ्र्यो नै कुनै समय आर्थिक केन्द्र, कर्णालीको व्यापारको द्वार बनेको नेपालगञ्ज हेर्दाहेर्दै पछि पर्न थालेको स्थानीय महसुस गर्छन् । ‘राम्रो नेता नहुँदा नेपालगञ्ज पछि पर्‍यो । नेपालगञ्जलाई विकास गर्ने नेतै भएनन्,’ पछिल्लो समय नेपालगञ्जबासीको सामुहिक गुनासो बनेको थियो यो ।

त्यसकारण पनि धवल मतदाताको पहिलो रोजाइमा परेको आँकलन गर्न थालिएको छ ।

राजाको मन्त्रीसमेत खाएनन्
राजा ज्ञानेन्द्रका छोराको ससुरालीतर्फका नातेदार हुन् उनी । राजा ज्ञानेन्द्रले सत्ता हत्याएको बेला उनलाई मन्त्रीको प्रस्ताव पनि नआएको होइन । ‘टीके होइन जनताबाट चुनिएरै मन्त्री खान्छु’ भन्ने उनले ज्ञानेन्द्र नेतृत्वको मन्त्रिमण्डलमा उनी सहभागी भएनन् । त्यसैको छाप पनि यो निर्वाचनमा परेको आँकलन स्थानीयवासी गर्छन् ।

त्यसका अतिरिक्त उनले नेपालगञ्ज उममहानगरपालिका प्रमुखमा जितेँ भने तलब भत्ता लिन्न भनेर घोषणा गरेका छन् । एक त भ्रष्टाचार नगर्ने त्यसमाथि तलवभत्तासमेत नलिने प्रतिवद्धता व्यक्त गरेपछि मतदाताको आकर्षण उनी बनेको नेपालगञ्जबासी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १८, २०७४  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro