खेल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टोलीको प्रशिक्षण आज (आइतबार) बाट सुरु गरेको छ ।
एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर प्रशिक्षणमा थालेको छ । एन्फाले पुराना र नयाँ खेलाडीलाई समावेश गर्दै बन्द प्रशिक्षण गरिरहेको हो ।
नेपाली टोलीले कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनको नेतृत्वमा टोलीको प्रशिक्षण भइरहेको छ । नेपालले अब विश्वकप छनोटअन्तर्गत घरेलु मैदानमा तीन खेल खेल्दै छ ।
नयाँ तालिका अनुसार नेपालले चैत १२ गते चाइनिज ताइपेईसँग खेल्दा चैत १७ गते अस्ट्रेलियासँग खेल्नेछ भने जेठ २४ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।
हेरौं प्रशिक्षणका थप तस्बिर :
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७ १६:२८
प्रतिक्रिया दिनुहोस्