site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३५५ औँ हप्तामा वाग्मती सफाइ अभियान, १० टन फोहोर व्यवस्थापन 

काठमाडौं । माथिल्लो वाग्मती सफाइ अभियान ३५५ औं हप्ता पूरा भएको  छ ।  शनिबार अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसकोे अवसर पारेर माथिल्लो वाग्मती सफाइ अभियान सम्पन्न भएको हो । 

मानव अधिकार तथा शान्ति समाजले विभिन्न संस्थासँगको सहकार्यमा वाग्मती सफाइ अभियान सम्पन्न गरेको छ । 

शान्ति समाजका सभापति उत्तम पुडासैनीको नेतृत्वमा अपांगता मानव अधिकार केन्द्र, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, महानगरीय प्रहरी वृत्त, गोकर्णेश्वर नगरपालिका अन्य स्थानीय टोल सुधार समितिका अभियन्ताहरुको समेत सफाइ अभियानमा सहभागिता रहेको थियो । सफाइ अभियान जबुडाँडामा गरिएको हो ।  

वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष तथा वाग्मती सफाइ अभियन्ता उत्तम पुडासैनीले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा वाग्मतीको करिब १० टन फोहोर व्यवस्थापन गरेको जानकारी दिए ।  महानगरीय ट्राफिक वित्त जम्बुडाँडाका प्रनानी युवराज खरेलले आफ्नो क्षेत्रको वातावरण सफा रहोस् भनि सफाइ अभियानमा सहभागिता जनाएको जानकारी दिए । 

वाग्मती सफाइ अभियानमा ३५५ औं हप्ता अगाडिदेखि नै लाग्दै आएको कुरा गोकणेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायण सुवेदीले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro