काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार परीक्षामा देशभरिका ४ लाख ३२ हजार पाँच सय विद्यार्थी सहभागी भएका छन् । ४० नम्बरको पूर्णांकका लागि भएको परीक्षामा सहभागीहरुले स्वास्थ्य सुरक्षाको मापदण्डसमेत पूरा गरेका थिए । डेढ घण्टा मात्र भएको परीक्षा बिहान ८ बजे सुरु भएको थियो ।
थप ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिनेछ । यसपटक विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका हुन् । गाउँघर गएका विद्यार्थीले भने पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षाको गरेको बोर्डले जनाएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ । यसरी भयो आजको परीक्षा हेरौं थप तस्बिर :
कक्षा १२ को परीक्षा सुरु, चार लाख बढी सहभागी