site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५ वर्षपछि खुलेको बालगोपालेश्‍वरमा भाइटीकाको चहलपहल (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । हरेक वर्ष भाइटीकाका दिन खुल्ने बालगोपालेश्‍वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलोपटक खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीकोबीचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि आज खुला गरिएको हो ।

यो मन्दिर वर्षमा एकदिन मात्रै खुला हुने गर्छ । तर भूकम्पपछि भने ५ वर्षसम्म खुल्न सकेन । दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन छ । आज भाइटीकाका दिनमा आफ्ना दाजुभाइ र दिदीबहिनी नभएकाहरु यहीं आएर बालगोपालेश्‍वर मन्दिरको दर्शन गरी टीका लगाउने गर्छन् ।

भूकम्पले मन्दिरमा क्षति पुगेपछि बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीबाहिर मूर्ति राखेर पूजा गरिन्थ्यो । लामो समयपछि यो वर्ष भाइटीकाका दिन बालगोपालेश्वरको दर्शन गर्न पुगेका सर्वसाधारणहरु खुसी देखिन्छन् । पुनर्निर्माणअघिको भन्दा अहिलेको रानीपोखरी सफा रहेको उनीहरुको भनाइ छ ।

KFC Island Ad
NIC Asia

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था मिलाइएको छ । भिड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछन् । बिहान ५ देखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने भएको छ । 

महानगरपालिकाले भिड कम गर्न टीका नलगाउनेहरुलाई अहिले नआउन पनि आग्रह गरेको छ । अवलोकनका लागि छिटै खुला गरिने महानगरपालिकाको भनाइ छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिकमा रानीपोखरी पुनर्निर्माण पूरा गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन् । विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ ।

Royal Enfield Island Ad

आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरु बालगोपालेश्‍वर दर्शनका लागि पुगेका थिए । हेरौं थप तस्बिर :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro