site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माधव नेपाल समूह भन्छ– प्रचण्डको दस्तावेज हाम्रो साझा निष्कर्ष हो, ओलीले एक पद छाड्नै पर्छ

काठमाडौं । नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजलाई लिएर पार्टीभित्र ध्रुवीकरण बढ्दै जाँदा माधव नेपाल समूहले पनि प्रस्तावको अपनत्व लिएको छ । माधव नेपाल समूहले प्रचण्डले पेश गरेको राजनीतिक धारणा–प्रस्तावलाई साझा निष्कर्ष र पार्टीभित्र देखा परेका कार्यशैलीगत र प्रवृत्तिगत समस्याको रूपमा चित्रित गरेको हो ।

पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसालले सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको दस्तावेज सचिवालयका पाँचै जना (वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ) नेताको सामूहिक निष्कर्ष भएको बताए ।

“डकुमेन्ट सबैको साझा धारणा हो । निष्कर्ष साझा भएपछि दस्तावेज पनि साझा नै हुन्छ,” उनले भने ।

पार्टीभित्र देखा परेका समस्याहरू समाधानका लागि प्रस्तावको रूपमा विकास भएको दस्तावेज भएकाले छलफल आवश्यक रहेको भुसालको निष्कर्ष छ । पार्टी विधि–पद्धतिअनुरूप चलाउने, पार्टीलाई संस्थागत ढङ्गले चलायमान बनाउने र पार्टी एकताको रक्षा र विकास गर्ने चिन्तनका साथ दस्तावेज आएकाले अहिलेको समस्याको समाधान पनि त्यही प्रस्ताव भएको उनको धारणा छ ।

नेपाल समूहका अर्का एक नेता प्रधानमन्त्रीले केपी शर्मा ओलीले कम्तीमा एउटा पद त्याग गर्नुपर्ने बताउँछन् । प्रधानमन्त्री अथवा पार्टी अध्यक्षमध्ये एउटा पद त्याग्दामात्रै अहिलेको समस्याले निकास पाउने उनको बुझाइ छ ।

“उहाँबाट दुईवटै पद चलेन । पार्टी र सरकार दुवै नचलेपछि विकल्प त सोच्नुपर्यो,” उनी भन्छन्, “अहिले प्रधानमन्त्री धम्क्याउँदै हुनुहुन्छ । पार्टी फुटको दस्तावेज हो भन्दै हुनुहुन्छ । जवाफ लेखेर पार्टी एकताको आधार भत्काउन लागि परेको हो ? बैठक माग गर्दा चिट्ठी लिएर जाऊ भनेको उहाँले होइन ?”

बैठक डाकेर त्यहीँ छलफल गरेको भए विषय लम्बेतान नहुने उनको बुझाइ छ । समस्याको सहज निकासको बाटो छाडेर प्रधानमन्त्री ओली जटिल बाटो हिँडेको ती सदस्य बताउँछन् । “प्रचण्डलाई आरोपित गर्ने र समस्याको मूल जड चित्रित गर्न खोजेपछि विवाद सिर्जना भएको हो,” उनी भन्छन्, “स्थायी कमिटी सदस्यलाई हुल्लडबाज भन्ने, केन्द्रीय सदस्यहरूलाई सडकछापको दर्जा दिएपछि परिस्थिति उत्तेजित बनाउने काम कसले गर्‍यो ?”

समस्याका सूत्राधार ओली नै भएकाले समाधान पनि उनैले दिनुपर्ने नेपालनिकट सदस्यहरूको बुझाइ छ ।

त्यसका लागि दस्तावेजले देखाएको सहज बाटो हिँड्न पनि नेपाल समूहले आग्रह गरेको छ । प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन–प्रस्तावमा साँचो अर्थमा मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त मान्ने, समाजवाद उन्मुख जनताको जनवाद हुँदै समाजवादी रणनीतितर्फ अगाडि बढ्ने संगठनात्मक सिद्धान्त, विधि–पद्धति अनुसार चल्ने दलाल नोकरशाही पुँजीवादकाविरुद्ध राष्ट्रिय पुँजीको विकास गर्ने, सामाजिक न्यायसहित समाजवादी अर्थतन्त्रको बीउ रोप्ने, नेपाली समाजको ऐतिहासिक विकासक्रम, नेपाली कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका अनुभवहरूको नयाँ वैचारिक संश्लेषण गर्ने स्पिरिटमा पार्टी र देश निर्माणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक रहेको औंल्याइएको छ । 

त्यस्तै केपी ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्न पनि भनिएको छ । नेपाल समूहले आफ्नो बटमलाइन पनि त्यही रहेको बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro