site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलामा माला र मीठा परिकार खुवाउँदै कुकुर पूजा ! (फोटो फिचर)
SkywellSkywell

काठमाडौं । आज कुकुर तिहार । सबै नेपालीका घर आँगनमा कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाउने गरिन्छ । 

आजको दिन कुकुरको पूजा नगरी खाए पाप लाग्‍ने भनाइ पनि छ । तर काठमाडौंमा एउटा यस्तो जोडी पनि छ जसले दैनिक रुपमा उपत्यकाका विभिन्‍न ठाउँमा पुगेर सडकमा बस्ने कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् । त्यो पनि आफ्नै खर्चमा ।

कुकुर आज्ञाकारी, रक्षक र गुनिलो जनावर हो । भैरवको बहानसमेत रहेको कुकुरले कुनै पनि अपराधीहरुलाई सुँघेर पत्ता लगाउने काम गर्छ । त्यस्तै विनाशकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुनुअघि कुकुरले सुँघेर वा भुकेर पूर्वसूचना समेत दिनेगर्छ । त्यसैले प्रत्येक वर्षको कृष्ण चतुर्दशीको दिन कुकुरको विशेष पूजा गर्ने गरिन्छ । यस दिन कुकुरलाई पूजा गरी विशेष प्रकारका खानेकुरा खान दिने चलन पनि छ । यस दिन आफ्नो घरमा पालिएका कुकुरबाहेक सडकमा बस्ने कुकुरहरुको समेत पूजा गरिन्छ ।

KFC Island Ad
NIC Asia

आजको दिनमा कुकुरलाई मीठा खानेकुरा खुवाइन्छ । अन्य दिनमा भने सडक कुकुरका लागि मानिसहरुले खासै महत्त्व दिँदैनन् । तर काठमाडौंमा धेरै समूह छन् जसले दैनिक रुपमा उपत्यकाका विभिन्‍न ठाउँमा पुगेर कुकुरहरुलाई खाना खुवाउने काम गर्छन् ।

यसै क्रममा काठमाडौंको चोभारमा रहेको स्‍नेहा केयर सेन्टरमा पनि धुमधामसँग कुकुर पूजा गरिएको छ । यो सेन्टरमा सडकमा रहेका कुकुरलाई आश्रय दिइन्छ । आज यहाँ रहेका कुकुरलाई माला लगाएर, मीठामीठा परिकार खुवाएर कुकुर तिहार मनाइएको छ । हेरौं थप तस्बिर :
No description available.

Royal Enfield Island Ad

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro