site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
तेस्रो मुलुकमा अलपत्र १ लाख ३१ हजार नेपाली फर्किए, भारतबाट फर्किनेको छैन लगत
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका एक लाख ३१ हजारभन्दा धेरै नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका छन् । रोजगारीकै लागि भारत पुगेका हजारौं नेपाली स्वदेश फर्किए पनि सरकारसँग कति नेपाली भारतबाट फर्किए भन्ने तथ्याङ्‍क भने छैन ।

वैदेशिक रोजगारीका क्रममा कोरोना भाइरसका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपालीहरुलाई सरकारले उद्धार राहत कोष नै स्थापना गरको छ । तर उक्त राहत कोषको रकम पाउन प्रक्रियागत झन्झट भएका कारण कामदारले थोरै मात्र रकम पाएका छन् ।

कोरोना भाइरसका कारण समस्यामा परी स्वदेश फर्किएका नेपाली कामदारहरुको तथ्यांक संकलनका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा चौबीसै घण्टा थप जनशक्ति परिचालनका लागि आवश्यक समन्वय र व्यवस्थापकीय सहयोग प्रदान गरिएका वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगारीको सिलसिलामा कोभिड-१९ लगायत अन्य कारण अलपत्र परेका नेपाली कामदारहरुलाई कोषको रकमबाट उद्दारका लागि सम्बन्धित नियोगहरुसँग नियमित सम्पर्क तथा समन्वय भइरहेको  बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

अलपत्र शव व्यवस्थापन
असोज मसान्तसम्म वैदेशिक रोजगारीका सिलसिलामा विविध कारणले मृत्यु भएका एक महिलासहित २६८ जना मृतक कामदारको शव अन्तर्राष्ट्रिय विमानस्थलदेखि नि:शुल्क रुपमा सम्बन्धित मृतकको घर ठेगानासम्म ढुवानी गरिएको श्रेष्ठले बताए ।

Global Ime bank

यस्तै सम्बन्धित परिवारका तर्फबाट सहमति प्राप्त २३४ जनाको शव सम्बन्धित मुलुकमै अन्त्येष्टि गरिएको छ उनले बताए । यसरी सहमति प्रदान गर्ने परिवारलाई सान्त्वना राहत स्वरुप बोर्डबाट प्रदान गरिने थप ५० हजार रुपैयाँ प्रदान गर्ने कार्य अगाडि बढेकोसमेत उनले बताए । असोज मसान्तसम्म सम्बन्धित मुलुकमा अन्त्येष्टि गरिएका २३४ नेपाली कामदारमध्ये १३१ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

बोर्डको राहत
वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अंगभंग भएका कामदारका नजिकका हकदारलाई नियमानुसारको आर्थिक सहायता, अंगभंग भएका कामदारलाई क्षतिपूर्ति र राहतलगायत अलपत्र कामदारको उद्धारका कार्यका लागि असोज महिनासम्ममा सचिवालयबाट २४ करोड १५ लाख १० हजार ८४७ रुपैयाँ खर्च गरेको बताएको छ ।

३२८ वटा परिवारले मृतक कामदारका परिवारले जनही सात लाख रुपैयाँ अर्थिक सहयोग पाएका छन् । यस्तै अंगभंग र बिरामी भएका २३ कामदारलाई बोर्डले जम्मा एक करोड पाँच लाख ९० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । यस्तै विदेशमा अलपत्र परेका सातवटा शव नेपाल ल्याउन २७ लाख ७० हजार ८३१ रुपैयाँ खर्च भएको बताएको छ ।

यस्तै विदेशमा मृत्य भएका २६८ वटा शव मृतकको घरसम्म नि:शुल्क पुर्‍याउन ५९ लाख ४० हजार १६ रुपैयाँ खर्च भएको जनाएको छ । मलेसियामा अलपत्र परेका ८६ कामदारको उद्धारका लागि बोर्डले ३० लाख रुपैयाँ दूतावासलाई पठाएको जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, स्वास्थ्य उपचार, छात्रवृत्ति सहायतालगायत कामदार तथा तिनका परिवारको राहत एवं सामाजिक सुरक्षाका लागि बोर्डबाट प्रदान गर्दै आएको छ ।

उक्त आर्थिक सहायताका लागि स्थानीय तहबाटै निवेदन दिन सकिने र सचिवालयबाट यस्ता आर्थिक सहायता रकम पीडितको बैंक खातामा सीधै पठाउन सकिने व्यवस्था मिलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement