देश
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका कुमालेहरु तिहारमा बति बाल्न पाला र अन्य माटोका सामग्री बनाउन व्यस्त भएका छन् ।
भक्तपुरको पोटरी स्कुआरमा हरेक दिन बिहानदेखि नै माटोको भाडाहरु बनाउन त्यहाँका कुमालेहरु व्यस्त हुने गर्दछन् । तिहारको बेला घर-घरमा तेल हाली पाला बालेर दिपावली गरी माता लक्ष्मीको पूजा आरधना गर्ने गरिन्छ ।
तिहारमा पाला मा बत्ती बाल्नुको विषेश महत्व छ । तर अहिले पालाको ठाउँमा मैनबत्ति र अरु बिजुली बत्ति प्रयोग हुन थालेपछि पालामा तेल हालेर बत्ति बाल्ने चलन हराउँदै गएको देखिन्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७ १७:००
प्रतिक्रिया दिनुहोस्