site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशमा परीक्षण गरिएका २५ प्रतिशतमा कोरोना
SkywellSkywell

पोखरा । पछिल्ला दुई महिनायता गण्डकीमा (एकाधबाहेक) दैनिक हजार जनाको पनि स्वाब परीक्षण भएको छैन । स्वास्थ्य निर्देशनालयकै विज्ञप्तिको यो तथ्यांकले संक्रमणको दर भने निकै उच्च रहेको देखाउँछ ।

सोमबारकै तथ्यांकलाई हेर्ने हो भने गण्डकीमा ८७४ जनाको स्वाब परीक्षण गर्दा १२३ जनामा कोरोना भेटिएको छ । यो संख्या भनेको प्रत्येक एक सयजनाको परीक्षण गर्दा १४ जनालाई कोरोना पुष्टि भएको छ ।

आइतबार पछिल्लो समयकै धेरै एक हजार २३० जनाको स्वाब परीक्षण भएको छ । यस्तै, आइतबार नै ४३४ जना संक्रमति गण्डकीमा थपिएका छन् । यो तथ्यांक भनेको १०० जनामा ३४ जनालाई कोरोना पुष्टि भएको हो ।

KFC Island Ad
NIC Asia

शुक्रबार २८ प्रतिशत, बिहिबार १७, बुधबार ३२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । पछिल्लो साताको मात्रै तथ्यांक हेर्ने हो भने गण्डकीमा प्रतिदिन स्वाव परिक्षण भएकामध्येमा २५ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

यो त भयो प्रदेशभरिको तथ्यांक । यही तथ्यांकलाई हेर्दा पछिल्लो साता पोखरा कोरोनाको हटस्पट नै बन्‍न पुगेको छ ।  सोमबार ७०, आइतबार २८३, शुक्रबार १८३ कोरोना संक्रमित कास्कीका मात्रै छन् । यो भने कुल प्रदेशभरिको ५० प्रतिशतभन्दा बढी हो ।

Royal Enfield Island Ad

दसैं तिहारको मोबिलिटी पनि बढ्यो । अहिले क्‍वारेन्टिनमा बस्‍ने कुनै समय पाँच-छ हजार थिए । अहिले चार-पाँच सय मात्रै छन । त्यही भएर पनि कम भएको हो । अबको २०-२२ दिनमा झनै बढ्छ । अहिले झन्डै २ हजार एक्टिभ केस छन्, यो बढेर पाँच हजारसम्म पुग्‍न सक्छ ।

कोरोना संक्रमितको उपचारमा चुक्यो प्रदेशको अस्पताल

अर्कातर्फ कोरोनाका गम्भीर बिरामीको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका ४० वटै बेड पछिल्लो सातादेखि भरिएका छन् । होम आइसोलेसनमा बसेका दुई जनाले घरमै ज्यान गुमाइसकेका छन भने हजारभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालका तीनवटा आईसीयू बेड र दुईवटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएका छन् ।

एक निजी, एक संघ मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेशको गरी तीनवटा ल्याबबाट कोरोना परीक्षण भइरहेको छ । तर, संख्या भने हजार कटेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्मा पनि परीक्षण कम भएको स्वीकार्छन ।

“कोरोनासम्बन्धी प्रोटोकल परिवर्तन भएको छ, अहिले लाक्षणिकको मात्र स्वाब परीक्षण गर्नेगरि निर्देशिका फेरिएको छ । त्यसकारण पनि संक्रमण घटेको हो,”उनले भने । कन्ट्याक्ट ट्रेसिङमा सबै पर्ने हुँदा सबैको परीक्षण गर्न नसकिने उनको भनाइ छ ।

यता परीक्षण घटेको तर संक्रमण बढेको बारेमा चाहिँ उनले देशभर नै संक्रमणको दर बढेको बताए । संक्रमण बढेतापनि सरकारले आइसियु र भेन्टिलेटरभन्दा पनि अक्सिजन बेडहरु थप्ने तयारी गरिरहेको जानकारी दिए ।

“लेखनाथको संक्रामक रोग अस्पतालमा आईसीयू बेडहरु तयार गर्ने क्रममा छौं । काठमाडौंबाट टिमहरु आउनुभएको छ । अहिले तीन वटा छन् । हामीले थप्दैछौँ । जनशक्ति पनि बढाउँदैछौं । एमजीडीपी डाक्टरहरु राख्छौं । पोखरा महानगरको टिम, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँग पनि छलफल गरेका छौं । सुरुमा हामीले पनि आईसीयू भेन्टिलेटर भन्यौं । भेन्टिलेटरको वास्तै नगर्ने चाहीँ होइन । अहिले मान्छेलाई बचाउन प्रिभेन्सन भनेको चाहीँ अक्सिजन दिने हो । अहिलेको उपचार भनेकै अक्सिजन दिने हो । हाइ फ्लोको अक्सिजनको बेडहरु थप्ने भनेका छौँ । गण्डकी अस्पतालमा ५० देखि ७० र लेखनाथमा कम्तिमा ३५ बेड बनाउँछौँ, ” उनले भने ।

कर्मचारी थप गर्नको लागि यही हप्ता सूचना निकाल्ने, तालिमहरु दिने उनले बताए । “अहिले अन्तर्राष्ट्रिय मार्केटमा पनि उपकरण अभाव छ । गण्डकीमा पहिलोपटक हामीले तालिम दिएर २६ जनालाई तयार गरेका छौँ । आइसियु हेर्नेगरि एकसयजनाको नियुक्तीको सूचना निकाल्दैछौँ । संक्रमण त देशभरि नै बढेको छ,” शर्माले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro