देश
काठमाडौं । नेपालीहरुको महान चाड दसैंमा पिङ हाल्ने र खेल्ने प्रचलन छ । कोरोना महामारीले सहरबजारमा खासै चहलपहल नदेखिए पनि गाउँघरमा भने मानिसहरुले पिङ हालेर रमाइलो गरेका छन् ।
साँखुको कार्तिकेमा घुम्न जाने मानिसहरु पिङ खेलेर रमाइरहेका छन् । कोरोनाले गर्दा यो वर्ष काठमाडौं उपत्यकाको सहरहरुमा पिङहरु देखिएनन् । सहरबाहिर घेरै ठाउँमा पिङ खेल्दै गरेको देखिएका छन् ।
वर्ष टिका पनि घरमै मात्र भएकोले मानिसहरु सहर बाहिर घुम्न निस्किँदा पिङमा रमाएको देखिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७ १९:२०
प्रतिक्रिया दिनुहोस्