site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 आफैंले ‘टिपेक्स’लगाएको संघीय परिषद् अध्यक्ष पदमा पाँच महिनापछि फर्किए बाबुराम

काठमाडौं । २०७७ वैशाख १ गते राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबिच एकताको सहमतिपत्रमा हस्ताक्षर भयो । राजपाकोतर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी र समाजवादी पार्टीका तर्फबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर थियो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी राख्‍ने सहमतिपत्रमा उल्लेख थियो । 

जेठ २५ गते जसपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो, महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने गरी सोही निवेदनमा एउटा नाममा भने टिपेक्स लगाइएको थियो । त्यो नाम थियो, डा.बाबुराम भट्टराईको । संघीय परिषद् अध्यक्ष भनेर नाम लेखिएको भट्टराईको वरीयता भने दोस्रोमा थियो । 

वरीयता नमिलेको भन्दै भट्टराई आफैंले त्यतिबेला आफ्ना नाममा टिपेक्स लगाएको जसपाका एक नेताले बताए । ठाकुरपछिको दोस्रो वरीयतामा रहने गरी संघीय परिषद् अध्यक्ष बन्‍न नमानेका भट्टराईलाई वरिष्ठ नेता बनाइएको थियो । जसपामा भट्टराई, राजेन्द्र महतो र अशोककुमार राई वरिष्ठ नेता बनाइएका छन् । 

अध्यक्ष नं १ !

वरिष्ठ नेता भट्टराईलाई मंगलबार जसपाको कार्यकारिणी परिषद्को बैठकले संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको छ । योसँगै भट्टराई गत जेठमा आफैले टिपेक्स लगाएको पदमा फर्किएका छन् । संगठनात्मक संरचनामा केन्द्रीय कार्यकारिणी परिषद्‌भन्दा माथिल्लो निकाय भएकाले भट्टराईले यसअघि राखेको वरीयताको विषय पनि सम्बोधन भएको छ । 

जसपामा संघीय परिषद् माथिल्लो निकाय हो । संघीय परिषद्‌भन्दा तल कार्यकारिणी परिषद् हो । मंगलबार सम्पन्‍न कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउँदै केन्द्रीय कार्यकारिणी समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्‍ने विधान पनि पारित गरेको छ । सोही विधानअनुसार संगठनात्मक संरचनामा व्यक्ति जो भए पनि संघीय परिषद् अध्यक्ष माथि हुने जसपा नेता डा. सुरेन्द्रकुमार झाले बताए । 

"विधानमा संघीय परिषद्का भूमिका त्यति धेरै छैन । संकुचनमै छ । त्यहाँ के भनिएको छ भने वर्षमा एक पटक बैठक बस्‍ने भन्‍ने छ । केन्द्रीय कार्यकारिणी समिति भन्दा विधानमा संघीय परिषद् माथि छ," उनले भने, "केन्द्रीय कार्यकारिणी समिति संघिय परिषदप्रति उत्तरदायी हुने विधानमा व्यवस्था छ । त्यसैले जो परिषद्को अध्यक्ष हुन्छ, उ कार्यकारिणी समिति भन्दा माथि देखिन्छ ।"

अध्यक्षद्वय ठाकुर र यादव कार्यकारिणी परिषद्को अध्यक्ष रहेको समिति विधानतः भट्टराई अध्यक्ष रहेको परिषद्प्रति उत्तरदायी हुनेछ । तर, विधानले अधिकारका हिसाबले भने संघीय परिषद्‌भन्दा कार्यकारिणी समितिलाई नै शक्तिशाली बनाएको छ । 

कार्यकारिणी समितिका सदस्य केशव झा भने वरीयताका बारेमा बैठकले केही नबोलेको बताउँछन् । कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाए पनि वरीयताको बारेमा भने नबोलेको उनले बताए ।  कार्यकारिणी परिषद् बैठकले जसपाको केन्द्रीय कार्यकारिणी समिति ७०१ सदस्यीय रहने विधान संशोधन गरेर संख्या बढाउँदै ८ सय १ पुर्‍याएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro