देश
पीपीई लगाएर पचली भैरवको कलश बोकेर हनुमानढोका लग्दै भक्तजनहरु ।
काठमाडौं । काठमाडौंमा पचली भैरवको जात्रा मनाउने क्रममा पीपीई लगाएर कलश बोकेर भक्तजनहरुले हनुमानढोका पुर्याएका छन् ।
परम्पराअनुसार काठमाडौंको ज्यापु समुदायले मनाउने पचंली भैरव जात्रा हरेक वर्ष दसैंको चौथौं र पाचौं दिन मनाउने गरिन्छ । जात्रामा पचली भैरवको मूर्तीको विषेश पुजा गरी विभिन्न ठाउँमा घुमाउने चलन छ । जसमा मूर्तीसँगै पचंली भैरवको अनुहार भएको कलश पनि घुमाउने गरिन्छ ।
पाचौं दिनमा पचंली भैरवको मूर्ती र कलशलाई बोकेर हनरमाढोका ल्याए पछि राँगो र बोका बली दिने गर्दछ । यसैगरी हनुमाढोकाबाट फर्केर कुमारी घरमा कुमारीको दर्शन गरी फर्किने गर्दछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७ १९:५०
प्रतिक्रिया दिनुहोस्