देश
काठमाडौं । मुलुकमा सरकार भएको आभास नभएको भन्दै पत्रकारहरु मंगलबार सरकार खोज्न बालुवाटार पुगेका छन् । श्रमजिबि पत्रकार ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित पत्रकारहरु मंगलबार बालुवाटार पुगेका हुन् ।
उनीहरुले कानुन नमान्ने सञ्चारमाध्यमको सूची सार्वजनिक गर्ने, सरकारी विज्ञापनमा रोक लगाउने र विदेश भ्रमण गर्न नदिनेलगायतका माग राख्दै प्रदर्शमा उत्रिएका पत्रकारहरुले खै त सरकार कता छ ? लेखिएको ब्यानरसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७ १६:००
प्रतिक्रिया दिनुहोस्