site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढीमा अन्तिम कसरत गर्दै राजनीतिक दल
SkywellSkywell

धनगढी । सूदुरपश्चिमको उपमहानगरपालिका धनगढीमा चुनावी चटारो छाएको छ । निर्वाचन आउन पाँचदिन बाँकी रहँदा सबैजसो उमेदवारहरू घरदैलोमा व्यवस्त छन् भने शीर्ष नेता धनगढी ओरालेर आफ्नो पक्षमा मत माग्न उमेदवार लागि परेका छन् । मत परिणाम आफ्नो पक्षमा पार्न प्रमुख पार्टीका शीर्ष नेताहरू धनगढी आइपुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न शुक्रबार धनगढी आइपुगे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि धनगढी ओर्लिए । त्यस्तै चुनावी सभालाई सम्बोधन एमाले नेता माधवकुमार नेपाल पनि धनग।ढी आए । गौरीफन्टा नाकासँग जोडिएको र प्रवेशद्वारका रूपमा रहेको धनगढी उपमहानगरलाई आफ्नो पोल्टामा पार्न दलहरू अन्तिम कसरतमा छन् ।

नगरपालिकाको ढलनिकाश, डुवान नियन्त्रण, गौरिफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउने उनीहरूले प्रतिवद्धता व्यक्त गरेका छन  ।
मुख्य रूपमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाको चर्चा भए पनि धनगढी नगरपालिकामा स्वतन्त्र उमेदवार गोपाल हमाल गोपीको विशेष चर्चा छ । धनगढी उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्षसमेत रहेका उनी सुन्दर सुदूरपश्चिम निर्माणका अभियन्ता पनि हुन् । 

KFC Island Ad
NIC Asia

पहिला सर्वदलीयमा बसेर भ्रष्टाचार अनियमिततालाई प्रश्रय दिएका । नगरको लागि केही योगदान दिन नसकेकाहरू महानगर हाँक्न कसिएकाले उनीहरूको विरूद्ध आफूले उमेदवारी दिएको उनको भनाइ छ ।

मुआब्जा वितरणदेखि गौरिफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने आफ्नो एजेन्डा रहेको कांग्रेसका मेयर पदका उमेदवार नृप वड बताउँछन् । 
कांग्रेसका नगर सभापति रहेका वड व्यवस्थापिका–संसद्मा कांग्रेस ठूलो दल भएको र धनगढीको नगरक्षेत्रबाट नेपाली कांग्रेसले नै सांसद् जित्दैक आएकाले आफ्नो विजय सुनिश्चित भएको उनको दाबी छ । धनगढी नगर क्षेत्रमा केही दलितहरूको पनि बसोबास रहेको र आफूले सोही समुदायबाट पनि उमेदारी दिएकाले विजयको ढोका खुलेको तर्क गरे । यद्यपि सबै समुदायबाट भोट पाउने विश्वास उनको छ ।

Royal Enfield Island Ad

निजी विद्यालयका सञ्चालक रहेका दुर्गा जोशी एमालेका तर्फबाट मेयरका उमेदवार हुन् । यसअघिको स्थानीय निकाय निर्वाचन पश्चात एमालेले विभिन्न विकासका कामको पहल गरेकाले एमालेको जित सुनिश्चित भएको उनको तर्क छ ।
त्यस्तै रामसमझ राना माओवादी केन्द्रका मेयरका उमेदवार हुन् । उनी धनगढी नगर क्षेत्रमा खासै क्रियाशील नरहेकाले प्रतिष्पर्धामा पुछारमा रहेको स्थानीयको विष्लेषण रहेको छ । “सिमान्त, उपेक्षित, उत्पीडितहरूको मुक्तिका लागि मैले उमेदवारी दिएको हुँ । र्षौंदेखि पछाडि रहेका समुदायको उत्थान नै मेरो प्रमुख एजेन्डा हो,” उनले भने ।

राष्ट्रिय प्रजातन्त्रपार्टीबाट धनगढीको मेयरमा विष्णुबहादुर साहुले उमेदवारी दिएका छन् ।

विगतको अवस्था
धनगढी नगरबाट ०४८ सालको संसदीय निर्वाचनमा कांग्रेसका उमेदवार टेकबहादुर चोखालले निर्वाचन जितेका थिए । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा धनगढी नगरपालिकाबाट किशोर बलमे निर्वाचन जितेका थिए । ०५१ सालको मध्यावधी निर्वाचनमा एमालेका महेश्वर पाठकले जित हासिल गरेका थिए । ०५४ सालको निर्वाचनमा एमालेका खेमराज पाण्डेले मेयर जितेका थिए । ०५६ संसदीय निर्वाचनमा टेकबहादुर चोख्यालले नै जित हासिल गरेका थिए । ०६४ को पहिलो संविधानसभाको निर्वाचनमा  एमाओवादीबाट लीला भण्डारीले जितेका थिए । ०७०को निर्वाचनमा शेरबहादुर देउवाले करिब १६ हजार ९०० मत ल्याइ निर्वाचित भएका थिए । दुई क्षेत्रबाट चुनाव लडेका देउवाले उक्त क्षेत्र छोडेका थिए । उपनिर्वाचनमा कांग्रेसकै पुष्कर ओझाले १४ हजार मत ल्याएका थिए ।

७५ हजार ५३५ मतदाता रहेको धनगढी उपमहानगरपालिकामा १९ वडा रहेका छन् । करिब ३० प्रतिशत थारू मतदाता छन् भने बाँकी अन्य मतदाता रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १०, २०७४  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro