site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीले गणतन्त्र ल्यायौँ, सामन्तले बाली भित्र्याए : दाहाल
SkywellSkywell

कैलाली (टीकापुर) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो चरणको स्थानीय निर्वाचनमा सामन्तहरूले बाली भित्र्याएको टिप्पणी गरेका छन् । 

चुनावी सभालाई सम्बोधन गर्न सात नम्बर प्रदेशअन्तर्गत कैलालीको टीकापुर आइपुगेका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले ल्याएको गणतन्त्र, संविधानसभा र धर्मनिरपेक्षताको आडमा चुनावी परिणाम पोल्टामा पारेको तर्क गरे । 

“हामीले गणतन्त्र ल्यायौँ, चुनावमा अरूले बाली भित्र्याए,” उनले भने । शान्तिपूर्ण तवरबाट राजसंस्था फालेर गणतन्त्रमा ल्याउनु बयलगाडा चढेर अमेरिका जानुजस्तो हो भन्नेहरू पुरस्कृत भएको उनको टिप्पणी थियो । उनले पहिलो चरणको निर्वाचनमा जस्तो साधुलाई सुलीमा र चोरलाई चौतारामा ल्याएर नपुज्न मतदातालाई अपिल पनि गरे ।

KFC Island Ad
NIC Asia

फरक प्रसंगमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र दिवंगत नेता एवम् कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाउने समझदारी भएपछि मात्रै कांग्रेस एमाले संविधान जारी गर्न राजी भएको खुलासा उनले गरे ।

२०६३ पछि मात्रै गणतन्त्रवादी भएका कांग्रेस एमालेले पहिलो संविधानसभा असफल बनाएको जिकिर गर्दै दाहालले माओवादी बलमा दोस्रो संविधानसभाले संविधान जारी गरेको जिकिर गरे ।

Royal Enfield Island Ad

हामीले चामल बेच्न सकेनौँ 
कांग्रेस–एमालेले कुहिएको पीठो बेच्दै हिँडेको जिकिर गर्दै दाहालले चुनावमा माओवादी केन्द्रले चामलसमेत बेच्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

प्रधानमन्त्रीमा बहाल रहँदा निर्वाचन जसको पोल्टामा परे पनि देशले जित्ने आफूलाई लागेको बताउँदै दोस्रो चरणको निर्वाचनमा तीन प्रदेशमा जनतालाई अपिल गर्दै हिँडेको उनले बताए ।
हिमाल–पहाड–तराईलाई जोडेर स्थानीय निर्वाचनको माहोल बनाउन आफूले चुनौतीको पहाड पन्छाएको उनको विश्लेषण थियो ।

निर्वाचनका क्रममा देशभरका जनता उत्साहित भएको आफूले पाएको बताउँदै दाहालले देशलाई निर्वाचनमय बनाउन माओवादी केन्द्रले अहम् भूमिका खेलेको भन्दै खुसी व्यक्त गरे ।

टीकापुर घटनाका झुटा मुद्दामात्रै फिर्ता लिएको दाबी
टीकापुर घटना दुई अतिवादी चिन्तन, पहाडेलाई अखण्ड सुदूरपश्चिमका नाममा उक्साउने र थरुहट, थारूवान प्रदेश बनाउने नाममा उत्तेजित बनाउनेहरूले घटाएको बताउँदै ती घटनामा झुटा मुद्दा लगाएको मुद्दा फिर्ता लिन आफूले अन्तिमसम्म लडेको र मन्त्रिपरिषद्बाट पास गराइएको प्रष्ट्याए ।

“यहाँ आन्दोलन चलिरहँदा काठमाडौँको रिपोर्टर्स क्लबामा भाषण गर्नेलाई पनि मुद्दा लगाइएको थियो,” उनले प्रष्टिकरण दिए, “निरपराधीका झुटा मुद्दा खारेज गरिएको हो । अपराधीलाई उन्मुक्ति दिइएको छैन । प्रमाणित नभएका दोषीलाई सजाय दिन मिल्दैन । ”

टीकापुर घटनामा संलग्न भनिएका निरपराधी व्यक्तिको मुद्दा फिर्ता लिँदा एमालेलगायत केही दलले त्यसको विरोध गर्नु कुनै तुक नभएको उनको भनाइ थियो । “विनाकारण कसैले दुःख पाउनु हुँदैन,” उनले भने । 

राजनीतिक इमान्दारिताको सुरूआत
मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको पालादेखि नै कतिपय राजनीति सहमति, सम्झौता च्यातिएको उदाहरण प्रस्तुत गर्दै उनले समझदारी मुताविक आफूले प्रधानमन्त्री पद हस्तान्तरण गरेको दाबी गरे । 

“सुशील कोइराला, केपी ओली, म र विजय गच्छदारबीच भएको सहमति कोइरालाले आफैँ प्रधानमन्त्रीको उमेदवार बनेर लत्याए । पछि एमाले र हामीबीच भएको समझदारीप्रति एमाले पनि इमान्दार बनेन, बजेट भाषणपछि सत्ता छाड्न आनाकानी गर्न थाल्यो,” उनले भने, “जानेवाला प्रधानमन्त्रीले आउँदै गरेको प्रधानमन्त्रीलाई प्रस्ताव गरेर इमान्दारीता र निष्ठामा खडेरी लागेको राजनीतिमा इमान्दारिता सिञ्चित गरेँ ।”

उनले एक प्रतिशत भन्दा तल रहेको आर्थिक वृद्धिदरलाई आफ्नो प्रधानमन्त्री कालमा ७ प्रतिशत पुर्याउन सफल भएको उदाहरण दिँदै साँच्चै चाहने हो भने मुलुक बदल्न सकिने जिकिर गरे ।

“अरूले कुरा मात्रै गरे । हामीले दश महिनामा काठमाडौँलगायत प्रमुख सहरमा लोडसेडिङ अन्त्य गर्यौँ,” उनले ठोकुवा गरे, “माओवादीलाई दश वर्ष मुलुक चलाउन दिने हो भने निःसन्देह विकसित देशको दाँजोमा पुर्याउँछौँ ।”

उनले माओवादी दश टुक्रामा विभक्त हुँदा जनयुद्धका घाइते, सहिद परिवारको सपना खण्डित भएको बताउँदै आफूले सबै माओवादीलाई केन्द्रिकृत गर्न लागि परेको दाबी गरे । “हिजैमात्र विप्लव र नयाँ शक्तिका केही युवा साथीसँग कुरा भयो, हाम्रो पार्टी माओवादी केन्द्र हो, टुक्रिएमा सबै माओवादीलाई एकढिक्का बनाउन लागी पर्छौं,” उनले अन्तिममा जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ८, २०७४  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro