देश
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै इन्द्र चोक, मखन टोल सडकमा फुटपाथ पसलहरु सुरु गरिएका छन् ।
फुटपात पसलहरु सुरु भएसँगै भिडभाड बढेको छ । तर, प्रशासनले भिड हुन नदिन पसलहरु र ठूला सपिङ मलहरुलाई समय तोकेर र हप्तामा तिन दिन मात्र खोल्ने भनिएको छ । तर, यस्तो फुटपात पसलहरुलाई भने बिहान र साँझ सडकमा पसल राख्न अनुमति दिएको छ ।
जसको कारण सडकमा भिड हुने र संक्रमणको खतरा पनि बढेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ १८:३६
प्रतिक्रिया दिनुहोस्