site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साढे १० लाखको धातुसहित दुईजना पक्राउ

जनकपुर । प्रहरीले धनुषाबाट करिब साढे १० लाख रुपैयाँ बराबरको धातुसहित दुई जनालाई पक्राउ गरेको छ ।

दुईवटा साइकलमा आएका युवाहरुलाई जनकपुरको सुनचाँदी बजारबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका –७ बस्‍ने २० वर्षीय श्याम दास र सोही ठाउँमा घरमा भएका २२ वर्षीय नुरारी लहेरी छन् । 

सुनचाँदीको गहना बनाउन प्रयोग गरिने ५० किलो उक्त धातुको अन्दाजी मूल्य दस लाख ६२ हजार पाँच सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ । 

उनीहरु दुवै जनालाई बरामद भएको धातुसहित कारवाहीको लागि सोमबारै जिल्ला भन्सार कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जनाए । 

 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro