site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन सार्न खोजिँदैछ निर्वाचन ?
SkywellSkywell

काठमाडौं । स्थानीय निर्वाचन अन्तर्गत २८३ वटा तहमा पहिलो चरणको निर्वाचन भयो । तर, दोस्रो चरणको निर्वाचन हुने नहुने अन्योलमा छ । अझ सत्तारूढ घटकले नै प्रदेश नम्बर २ र नम्बर ५ नम्बरमा निर्वाचन सार्ने प्रस्ताव गरेपछि असार १४ को निर्वाचन अन्योलमा परेको हो । तर बुधबार बेलुका बसेको बैठकले पनि ठोस निर्णय गर्न सकेन । बिहीबार विहान बिहान छलफल गर्ने गरि बैठक सकिएको छ ।

मंगलबारको बैठकमा सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले तराई–मधेसमा आन्दोलन गरिरहेको  राष्ट्रिय जनता पार्टीलाई मनाउन निर्वाचन सार्ने घुमाउरो प्रस्ताव गरेको थियो तर बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले असार १४ गते नै निर्वाचन गर्ने बताएका थिए ।तर, एमालेले उक्त प्रस्ताव चुनाव सार्ने भन्दा पनि टार्ने खेल भएको बताउँदै आएको छ । चुनाव सार्ने मूर्त प्रस्ताव नआए पनि घुमाउरो शैलीमा दुई नम्बर प्रदेशमा चुनाव गर्न अप्ठ्यारो भएको भनाइ सरकारको रहेको एमालेका नेता बताउँछन् । 

बुधबार पार्टी कार्यालयमा बसेको एमाले स्थायी कमिटीको बैठकले कुनै हालतमा असार १४ को निर्वाचन मिति दायाँबायाँ नगर्न चेतावनी दिएको थियो । उसले चारै प्रदेशमा एकै पटक निर्वाचन हुनुपर्ने कुरालाई पनि जोड दिएको छ । तथापि यही अवस्थामा दुई नम्बर प्रदेशमा निर्वाचन नहुने स्वयम् एमालेका नेता बताउँछन् ।

KFC Island Ad
NIC Asia

चुनावविरुद्ध घोषणा गरिएको आन्दोलनको कार्यक्रम फिर्ता लिने विषयमा राजपा टसको मस भएन । त्यस्तै उमेदवार प्रमाणिकरणका लागि हस्ताक्षर बुझाउने समयसीमा सकिएकाले राजपालाई चुनावमा सहभागी गराउन प्राविधिक कठिनाइसमेत छ । 

नेकपा एमालेका पोलिटव्युरो सदस्य नागेन्द्र चौधरी यही अवस्थामा दुई नम्बर प्रदेशमा चुनाव हुन नसक्ने बताउँछन् । “बन्द हड्तालको अवस्था छ । दलहरूले खुलेर प्रचार–प्रसार गर्न सकिरहेका छैनन् । कोणसभा, र्यालीसहित घरदैलो गर्न सकिएको छैन,” उनले भने “यस्तै अवस्थामा दुई नम्बर प्रदेशमा कसरी चुनाव होला ?” तै पनि चुनाव सार्दा राम्रो सन्देश नजाने उनले राय राखे ।

Royal Enfield Island Ad


सरकार स्वयम् निर्वाचन सार्न लागे एमालेले के गर्न सक्छ ?
नेकपा एमाले दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन गराउने पक्षमा छैन । तर, राजविराज घटना पछि ऊ पनि हच्किएको छ । मेची–महाकाली अभियानका क्रममा २३ फागुनमा  मधेसी मोर्चा र प्रहरीबीचको हिंसात्मक झडपमा चार जनाले ज्यान गुमाउन पुगे । त्यो घटना पछि एमालेले दुई नम्बर प्रदेशअन्तर्गत बर्दिबासमा कायकर्ता भेलाबाहेक कुनै कार्यक्रम गर्न सकेन । त्यसकारण पनि एमाले पनि भुंग्रोमा पस्न तिघ्रा कमाइरहेको भान हुन्छ । पोलिटव्युरो सदस्य चौधरी भन्छन्, “मधेसमा निर्वाचनको माहोल बनिसकेको छैन । एमाले बाहेकका दलको निर्वाचनको तयारी नै छैन भन्दा हुन्छ ।”

“एमालेले देशभर एकै चरणमा निर्वाचन हुनुपर्छ भन्दै आएको थियो । तर, सरकारले दुई चरणमा निर्वाचन गर्नुपर्छ भनेपछि एमाले त्यसमा मान्न बाध्य भयो । दोस्रो चरणको निर्वाचन पनि दुई पटक सरिसकेको छ,” चौधरी थप्छन्, “सरकाले फेरि तीन चरणमा चुनाव गर्ने भन्यो भने एमालेले त्यसमा के गर्न सक्छ  ?”

कांग्रेस–माओवादी रक्षात्मक
दुई नम्बर प्रदेशमा कांग्रेस माओवादी रक्षात्मक अवस्थामा छन् । राजविराज प्रकरणपछि डराएका पनि छन् उनीहरू । जनकपुरलगायत ठाउँमा कांग्रेस नेता कार्यकर्ताको गाडी तोडफोड भएपछि यथास्थितिमा चुनाव गराउन सकिँदैन कि भन्ने भयले गाँजेको हुनसक्छ सरकारलाई ।

त्यसकारण कांग्रेस माओवादीले उमेदवारी टुंग्याउन सकेका छैनन् । “उहाँहरू तालमेल गरेर जान खोजीराख्नुभएको छ । त्यसैले पनि होला चुनाव केन्द्रित गतिविधि केही गर्न सक्नु भएको छैन । राजपाले आन्दोलनको घोषणा गरेकाले उसले पनि चुनावको तयारी गर्न भ्याएको छैन,” उनले भने । 

त्यस्तै एमाले केन्द्रीय सदस्य रामप्रीत पासवान जनतामा चुनावको चाहना भए पनि भयरहित वातावरण नभएको जिकिर गर्छन् । “मतदाता अन्यौलमा छन् । सीमावर्ती क्षेत्रमा राजपाको प्रभाव छ,” उनले स्वीकारे, “काठमाडौंमा रहेका मतदाता पनि मधेसमा आएर मत खसाल्ने अवस्था छैन ।” गृहमन्त्रालयले शान्ती सुरक्षा कायम गर्न सकिन्छ भने पनि मतदातामा भयरहीत वातावरण नरहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro