देश
काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरी जिविकोपार्जन गर्नेहरु निकै समस्यामा परेका छन् ।
उनीहरुलाई दैनिकी धान्नसमेत समस्या भएपछि विभिन्न संघसंस्थाहरुमा सक्रियतामा दैनिक हातमुख जोर्नसमेत समस्या भएकाहरुलाई खाना खुवाउने व्यवस्था गरिएको छ ।
सरकारले दैनिक मजदुरी गर्नेहरुको समस्यालाई कुनै तवरले सम्बोधन नगरेपछि विभिन्न संघसंस्थाहरुले उनीहरुलाई खुलामञ्चमा एक छाक खाना खुवाउने प्रबन्ध गरेका हुन् ।
काठमाडौंको खुलामञ्चमा खाना लिन लाइनमा बसेर खाना खाइरहेका दृश्यहरु कैद गरिएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७ २०:०४
प्रतिक्रिया दिनुहोस्