एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल खेल्न इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । इइङ्ल्यान्ड फुटबल संघले नेसन्स लिग खेल्ने २४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेसन्स लिगका सुरुवाती दुई खेलका टोली घोषणा गरेको मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले जनाएका छन् । उनले युवा तथा अनुभवी खेलाडीहरुलाई समेट्दै सन्तुलित टोलीको घोषणा गरेको जनाएका छन् ।
इङ्ल्यान्डले नेसन्स लिगअन्तर्गत आइसल्यान्ड र डेनमार्कसँग खेल्नेछ । पहिलो खेल ५ सेप्टम्बरमा आइसल्यान्डको घरेलु मैदानमा खेल्नेछ । त्यस्तै दोस्रो खेल ८ सेप्टेम्बरमा डेनमार्कको घरेलु मैदानमा उसैसँग खेल्नेछ ।
२४ सदस्यीय इङ्ल्यान्ड टोली
गोलरक्षक : जोर्डन पिक्फोर्ड, डिन हेन्डरसन र निक पोप
डिफेन्डेन्डर : एलेक्जेन्डर आर्नोल्ड, ह्यारी मागुएरे, केयरन ट्रिपर, कायल वालकर, एरिक डायर, जोइ गोमेज, माइकल केन र ट्रोएनी
मिडफिल्डर : फिल फोडेन, मेसन माउन्ट, काल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड र ह्यारी विंक्स
फर्वाडर : ह्यारी केन, मार्कुस राष्फोर्ड, जाडोन सान्चो, रहिम स्ट्रर्लिङ, ड्यानि इन्ग्स, ग्रीनवुड र टामी अब्राहम