site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चन्द्रा र अमिषाको ह्याट्रिकप्रेरित आर्मीको फराकिलो जित

काठमाडौं । चन्द्रा भण्डारी र अमिषा कार्कीको ह्याट्रिकप्रेरित विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग–२०२४ मा रौतहटको चन्द्रपुर नगरपालिकाविरुद्ध १०–० को फराकिलो जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन चन्द्रा र अमिषाले ह्याट्रिक गरे । यस्तै, हिमा चौधरी, दीपा शाही, गोलकिपर अञ्जना रानामगर र शर्मिला थापामगरले समान एक गोल थपे ।

Dabur Nepal
NIC Asia

आर्मीले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल थपेको हो । जितसँगै सात खेलबाट १६ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा यथावत् छ । समान खेलबाट सात अंक जोडेको चन्द्रपुर तालिकाको छैटौँ स्थानमा छ । यसअघि आजै भएको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफ क्लबले कोसी प्रदेशविरुद्ध ८–० को जित निकालेको थियो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro