site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आर्मीबाट गोलकिपरले पेनाल्टी प्रहार गर्दा हेपेको जस्तो महसुस भयो’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चन्द्रपुर नगरपालिकाका मुख्य प्रशिक्षक पारस चौधरीले त्रिभुवन आर्मी क्लबकी गोलकिपर अञ्जना रानामगरले पेनाल्टी प्रहार गर्दा आफूहरूले अपमानित महसुस गरेको बताएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी राष्ट्रिय महिला लिगमा शुक्रबार आर्मीले चन्द्रपुरविरुद्ध १०–० को जित निकाल्दा गोलकिपर अञ्जनाले टिमका लागि छैटौँ गोल गरेकी थिइन् । खेलको ६७औँ मिनेटमा पाएको पेनाल्टीमा गोलकिपर अञ्जनाले गोल गरेकी हुन् । पेनाल्टी प्रहारका लागि अञ्जना जानुअघि नै चन्द्रपुर ५–० ले पछि परेको थियो । अञ्जना चन्द्रपुर नगरपालिकाकै उत्पादन हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आर्मीमा आवद्ध हुनुअघि अञ्जनाले चन्द्रपुरको गोलपोस्ट सम्हालेकी थिइन् । खेलपछि चन्द्रपुरका प्रशिक्षक चौधरीले आफ्नो पूर्वक्लबविरुद्ध गोलकिपर अञ्जना पेनाल्टी प्रहारका निम्ति अघि सर्दा आफूहरूले हेपेको जस्तो महसुस गरेको प्रतिकृया दिए । “हाम्रो टिम ५–० ले पछि थियो । त्यस्तो बेला आर्मीका गोलकिपर पेनाल्टी प्रहारका लागि आउँदा कमजोर टिम भनेर हेपेको जस्तो फिल भयो । उनी पनि चन्द्रपुरबाटै यहाँसम्म आएकी हुन् । आफ्नो पूर्वटिम यस्तो गर्दा अपमानित भएको महसुस गर्यौँ,” प्रशिक्षक चौधरीले भने ।

आर्मीका प्रशिक्षक चुनबहादुर थापाले भने फरवार्ड चन्द्रा भण्डारीले पेनाल्टी प्रहारमा आत्मविश्वास नदेखाउँदा अञ्जना प्रहारका लागि गएको बताए । “पेनाल्टी पाएपछि चन्द्राले कन्फिडेन्ड देखाइनन् । त्यसैले गोलकिपर अञ्जना कन्फिडेन्डसाथ पेनाल्टी प्रहारका लागि अघि बढेकी हुन्,” खेलपछि थापाले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro