site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा केही भू–भागमा वर्षा भइरहेको हो । 

कोसी र वाग्मती प्रदेशको थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   

Dabur Nepal
NIC Asia

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ ।

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu