site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री, सांसद र मेयरलाई नै कोरोना संक्रमण

जनकपुर । प्रदेश २ का मन्त्री, मेयर तथा सांसदहरूलाई कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा पनि दिनहुँजसो कोरोना संक्रमणका बिरामी आउने क्रम रोकिएको छैन । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनले सम्हालेको मन्त्रालयका आठ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । 

मन्त्री यादवका अनुसार मुख्यमन्त्री कार्यालयका चारजनामा पनि कोरोना संक्रमण देखिएको छ । “मुख्यमन्त्री कार्यालयका एक अधिकृत, दुई सवारी चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण देखिएको छ,” उनले भने । साथै प्रदेशमा कोरोना संक्रमण नियन्त्रण र रोकथाम कार्यको नेतृत्व सम्हालिरहेको सामाजिक विकास मन्त्रालयकै चारजना कर्मचारीसमेत संक्रमित भइसकेका छन् ।

योसँगै वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) विजय सरावगी र सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पनि कोरोना संक्रमण देखिएको छ । अहिले मन्त्री यादव, महानगर प्रमुख सरावगी र सांसद यादवलगायत सम्पूर्ण संक्रमित पदाधिकारीलाई आ–आफ्नै घरमा आइसोलेट गरिएको छ । 

मन्त्री यादव भन्छन्, “मलाई अहिलेसम्म कुनै अप्ठ्यारो महसुस भएको छैन । म स्वस्थ छु । तर, आफूबाट अरूमा संक्रमण नहोस् र आफ्नो स्वास्थ्यमा नकारात्मक प्रभाव नपरोस् भनेर निवासमै आइसोलेट भएको हुँ ।”

अहिलेसम्मको अवस्था विश्लेषण गर्ने हो भने नागरिकको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने राजनीतिक व्यक्तिहरू कोरोनाको अत्यन्तै जोखिममा छन् । वीरगन्ज महानगरका प्रमुख सरावगी, त्यहाँका सांसद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बन्दाबन्दीका बेला पनि पहिले जस्तै सक्रिय भएर काममा खटिएका थिए । साथै स्थानीय तहका जनप्रतिनिधिहरू अझै बढी जोखिममा रहेको देखिन्छ ।
 
प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या पाँच हजार नाघिसकेको छ । पाँच हजार दुई सय ७२ संक्रमितमध्ये निको भएर अस्पतालबाट तीन हजार दुई सय ३२ जना घर फर्किएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro