site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गभर्नरमा गुणाकर भट्टलाई रोक्न सर्वोच्चमा पूरक निवेदन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बनाउने भन्दै चर्चामा रहेकमा डा. गुणाकर भट्टको योग्यतामा प्रश्न उठाउँदै पूरक निवेदन परेको छ । 

यसअघि नै गभर्नरका लागि उमेर हद नलाग्ने गरी सरकारले गरेको मापदण्ड संशोधनविरुद्धको रिटकर्ता अधिवक्ता विकास थापाले डा. भट्टको योग्यतामा प्रश्न उठाउँदै पूरक निवेदन दिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
 
यसअघि यही वैशाख २ गते उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरी तत्काल उमेर हद लागु नहुने गरी बनाएको मापदण्ड लागु नगर्न आदेश जारी गरेको थियो । अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले गरेको छ । 

सर्वोच्चको उक्त आदेशपछि उमेर हदको प्रश्न नउठ्ने गरी राष्ट्र बैंकभित्रै कार्यरतबाट गभर्नर नियुक्ति हुने चर्चा चलेको थियो । त्यस्तो चर्चामा रहेका राष्ट्र बैकका कार्यकारी निर्देशक डा. भट्टले राजीनामा दिएसँगै सरकारको निर्णयविनै रिटकर्ताले भट्टको योग्यतामा प्रश्न उठाएर पूरक निवेदन दिएका हुन् । 

अघिल्लो रिटसँग सम्बन्धित रहेको विषयमा नयाँ निर्णय भएमा अवैध घोषित गरी बदर गर्न माग राखेर पूरक निवेदन परेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro