site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
समुदायमा संक्रमण पुगेपछि वीरगंजमा निषेधाज्ञा जारी

जनकपुर । ९ महिने बालकसमेत एकै दिन ३१ जना नयाँ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि पर्साको वीरगंज महानगरपालिकामा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएको छ ।
 
पहिले भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिमा मात्रै देखिने गरेको संक्रमण समुदायमै प्रवेश गरिसकेपछि थप संक्रमण हुन नदिन तत्काल महानगरमा निषेधाज्ञा गरिएको वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले जानकारी दिए । उनका अनुसार १३७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको महानगर क्षेत्रभित्र गएराति १२ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो ।

शुक्रबार वीरगंजस्थित श्रीपुर प्रहरी चौकीको थुनुवा घरमा रहेका पाँच जना भारतीय नागरिक, आरबीबी बैंकका प्रबन्धक र नारायणी अस्पतालको कर्मचारी निवासमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । त्यस्तै, वीरगंज –१३ मा ९ महिने बालकसमेत विभिन्न वडामा बस्ने ३१ जना नयाँ संक्रमित थपिए । यस अघि बिहीबार पनि नारायणी अस्पतालको कर्मचारी बस्ने निवासका २० र २२ वर्षीया दुईजना महिलासहित महानगरको विभिन्न वडामा बस्ने १७ जना नयाँ संक्रमित पुष्टी भएको थियो । 

जोखिम बढ्यो

वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले पहिले देश बाहिरबाट आउने व्यक्ति उतैबाट संक्रमित भएर आउने गरेकोमा पछिल्लो समय समुदायमै संक्रमण पुगिसकेको बताउँछन् । 

“जनतामा चेतनाको कमी त छदैँछ, राज्यको उदासिनता र लापर्वाहीको कारण पनि कोरोनाको अवस्था भयावह बन्दै गएको स्थिति छ” महानगर प्रमुख सरावगीले बाह्रखरीसँग भने, “जाँचको दायरा बढाउन संघीय सरकार र प्रदेश सरकारसँग सुरुदेखि नै अनुरोध गरिरहेको छु तर कसैले सुनिदिएन । सरकार जिम्मेवार भएको भए आज यो अवस्था आउने थिएन ।”

पछिल्लो समय बन्दाबन्दी फुकुवा गरेर सरकारले थप जोखिम बढाएको आरोप सरावगीको छ । उनी भन्छन्, “सामान आयात निर्यातको बहानामा दुई देशको सीमा क्षेत्रमा रहेको वारी वीरगंज र पारी रक्सौल बजार खुल्ला गरियो । वीरगंजका मानिस रक्सौल बजारमा गएर किनबेच गर्ने र रक्सौलका वीरगंजमा आएर । यसरी खुल्लमखुल्ला वारी पारी गर्न थालिएपछि वीरगंजमा कोरोना संक्रमण अनियन्त्रित भएको हो ।” जाँचको दायरा नबढाउने र वारीपारी आउजाउ पनि नियन्त्रण नगर्ने भएपछि वीरगंजमा त जोखिम बढ्यो नै अब देशभरको अवस्था नाजुक हुँदै जाने उनको ठहर छ । 

मुलुककै सर्वाधिक सामान आयात निर्यात हुने मुख्य नाका वीरगंज–रक्सौल रुटमा आयात निर्यातको बहानामा वारीका मानिस पारी र पारीका वारी आउने क्रम बढेको छ । यसले संक्रमणको जोखिम बढेको र समुदायमा संक्रमण फैलिइसकेपछि सरकारले चाहेर पनि नियन्त्रण गर्न नसक्ने सरावगीको भनाइ छ । उनले परीक्षणको दायरा बढाउनुका साथै बन्दाबन्दीको म्याद पुनः बढाउनुपर्ने बताउँदै यसको अर्को विकल्प नदेखिएको बताएका छन् । 
फाइल तस्बिर

प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro