site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सोफियाको गीत युट्युबबाट हटाउन हिन्दू जागरण नेपालको दबाब
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दू जागरण नेपालले कलाकार सोफिया थापाको तिज गीत ‘अबको तिज नो व्रत प्लिज...’ प्रति आपत्ति जनाएको छ । गीत हिन्दू धर्म विरोधी भएको भन्दै हिन्दू जागरण नेपालले आपत्ति जनाएको हो । 

परम्परागत संस्कार तथा संस्कृतिबिरुद्ध गीतले तिजमा व्रत नवस्न आग्रह गरेको भन्दै हिन्दू जागरण नेपालले गीत हिन्दू धर्म विरोधी भएकाले युट्युब च्यानलबाट हटाउनु पर्ने माग गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“तिजमा व्रत बस्ने, पूजा गर्ने हाम्रो संस्कार नै हो । कसैले श्रीमान्को खुट्टाको पानी खान्न भन्छ भने त्यो उसको अधिकारको कुरा हो । तर सार्वजनिक रुपमा गीत गाएर नै व्रत नबस्नु भन्न पाइँदैन,” हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय भन्छन्, “कलाकार र सम्बन्धित युट्युब च्यानललाई हामीले गीत हटाउन आग्रह पनि गरिसकेका छौं । धर्म विरोधी कुनै पनि कुरालाई बढावा नदिन पनि हाम्रो आग्रह छ ।” 

उपाध्यायले तत्काल गीत नहटाइए कानुनी उपचार खोज्ने बताए । 

Global Ime bank

हाइलाइटस नेपालका व्यवस्थापक जनक तामाङले हिन्दू जागरण नेपालले चेतावनीकै भाषामा गीत हटाउन भनेको बताए । “हिन्दू जागरण नेपालका अध्यक्ष ज्यूले चेतावनी कै शैलीमा गीत हटाउन भन्दै नहटाए कानुनी उपचार खोज्ने बताउनु भएको छ,” व्यवस्थापक तामाङले भने, “हामी कन्टेन्ट निर्माता होइनौं वितरक मात्रै हौं भन्ने पनि उहाँहरुले बुझ्नु भएन ।” 

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको गीतले परम्परागत तिजको शैलीमा परिवर्तन खोज्न आग्रह गरेको छ । व्रत बस्नै पर्ने, श्रीमान्को खुट्टाको पानी खानै पर्ने वाध्यतात्मक संस्कारमा परिवर्तनको खाँचो गीतले औंल्याएको छ । 

यता गायिका सोफियाले भने गीत हटाउन आग्रह नभएर धम्की दिइएको बताएकी छिन् । उनले सर्जकको स्वतन्त्रताको हस्तक्षेप गर्ने प्रयास गरेको आरोप लगाएकी छिन् । “यो आग्रह होइन धम्की हो । उनीहरु गीत हटाउन जसरी धम्की दिइरहेका छन्, म त्यसलाई स्वतन्त्रताको हनन् हो भन्ने ठान्छु,” सोफिया भन्छिन्, “म समानताको आवाज बोलिरहेको छु । म आफैं हिन्दू धर्मवावलम्बी भएकाले म यो धर्म प्रणाली परिष्कृत गर्नुपर्छ भन्ने मान्छु ।” 

गीतमा शब्द, संगीत तथा स्वर सोफिया थापाको छ । 
 

सोफियाको गीत ‘अबको तिज नो व्रत प्लिज...’ सार्वजनिक

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC