site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनमा सामाजिक सञ्जाललाई कडा नियम, ‘नेटवर्क अपरेटर्स’ राख्नुपर्ने
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले आफ्नै देशका इन्टरनेट कम्पनीलाई कडा नियम ल्याएको छ । ती नियम आजैबाट लागु गरिने बताइए पनि कसरी लागु हुन्छन् भने हेर्न बाँकी छ ।

सो नियम चीनकै चर्चित सोसल मिडिया टेन्सेन्ट, टिकटकको संस्थापक कम्पनी बाइटडान्स र विबोमा पनि कार्यान्वयन गरिने जनाइएको छ । ती सोसल साइटमा संवेदनशील सूचना आएमा कारबाही हुनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

नियममा प्रयोगकर्ताले सेयर गरेको सूचना अनुगमन गर्न ‘नेटवर्क अपरेटर्स’ चाहिने बताइएको छ । कसरी पोस्टलाई हटाउने, रेकर्डलाई कसरी सेभ गर्ने र अधिकारीहरूलाई कसरी रिपोर्ट गर्ने भन्ने विषय पनि नियममा उल्लेख भएको जनाइएको छ । 

चीनमा यससम्बन्धी एक दशकको बीचमा अपडेट गर्न लागिएको र मुख्य रूपमा राष्ट्रपति सी जिनपिङको राष्ट्रिय सुरक्षा नीतिलाई कार्यान्वयनमा ल्याउने उदेश्यले ल्याइएको जनाइएको छ ।

Global Ime bank

यसो गरिनुको उदेश्य नयाँ युगमा स्टेट सेक्रेट्समा आउने समस्या र चुनौतीको प्रतिरक्षा गर्नु रहेको बताइएको छ । चीनका इन्टरनेट कम्पनीमाथि यस अघि नै कडाइ गरिदै आएको छ । “अहिले सक्रिय स्वःअनुगमन र चुस्त सहयोगका लागि नयाँ मापदण्ड स्थापना भएको हो” हङकङमा कानुनका प्राध्यापक र्यान मिचेलले भने । 

अहिलेको नयाँ नियममा संवेदनशील सूचना र ‘वर्क सेक्रेट्स’ सम्बन्धी परिभाषालाई पनि विस्तृत गरिएको जनाइएको छ ।

“स्टेट सेक्रेट भनेको वास्तवमा के हो भन्ने बारेमा हामीमा अनिश्चितता र चासो छ” युरोपियन युनिय च्याम्बर अफ कमर्स, चीनका अध्यक्ष जीन्स इस्केलुण्डले भने, “प्रस्ट डिमार्केसन र परिभाषाले मद्धत गर्नेछ ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement