काठमाडौं । सोफिया थापाको तिज गीत सार्वजनिक भएको छ । ‘अबको तिज नो व्रत प्लिज’ बोलको गीतमा शब्द, संगीत तथा स्वर सोफीया थापाको छ ।
गीतले परम्परागत तिजको शैलीमा परिवर्तन खोज्न आग्रह गरेको छ । व्रत बस्नै पर्ने, श्रीमान्को खुट्टाको पानी खानै पर्ने वाध्यतात्मक संस्कारमा परिवर्तनको खाँचो गीतले औंल्याएको छ ।
“अब व्रत बिनाको तिजको परिकल्पना गर्न नयाँ पुस्ताले थालिसके । स्वास्थ्यका हिसावले पनि परिमार्जनको आवश्यकता रहेको छ,” गायिका सोफिया थापा भन्छिन्, “नयाँ पुस्ताको चाहनालाई संबोधन गर्दै यो गीत निकालिएको हो ।”
महिला–पुरुष बराबरी भएको भन्दै तिजमा पनि समान व्यवहारको खाँचो औंल्याइएको गीतको भिडियो पनि निर्माण गरिएको छ ।
मनिष पन्तको निर्देशन रहेको भिडियो पनि तिजका परम्परागत भिडियोभन्दा फरक छ । प्रायः रातो साडी र चुरामा सजिएर खिचिने भिडियोभन्दा पर रहेर ‘अबको तिज नो व्रत प्लिज’मा मोर्डन डान्स देख्न सकिन्छ ।