site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कतारबाट सुन ल्याएका भरियाको त्रिभुवन विमानस्थलबाट यसरी भयो अपहरण (भिडियोसहित)

काठमाडौं । कतारबाट सुन ल्याएका एक भरिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बाटोबाटै अपहरणमा परेको खुलेको छ । सप्तरीको राजविराज नगरपालिका–१३ का सितेन्द्र यादव अपहरणमा परेका हुन् । उनलाई प्रहरीले उद्धार गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) रानुराम भट्टराईका अनुसार यादवलाई दुई जना युवाले अपहरण गरेर सिनामंगलमा कोठामा लगेर बन्धक बनाएको थिए ।

बन्धक बनाएको सूचना पाएको प्रहरीले उनलाई मंगलबार बिहान उद्धार गरेको हो । पक्राउ परेका दुवै जनलाई कार्यालयले आजै सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलङ्गावा–३ का २५ वर्षीय अजिम अली र सोही ठाउँका २५ वर्षीय एमडिसनी अलाही छन् ।

यसकारण गरेका थिए अपहरण

सितेन्द्र यादव करिब दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा थिए । कतारको कम्पनी बन्द भएपछि उनी सोमबार नेपाल फर्किंदै थिए । उनी नेपाल फर्किनेबारे जानकारी कतारमै बसेका मनसुर अलीलाई थियो ।

अलीले नेपाल फर्किंदा सुन लगिदिन आग्रह गरे । त्यसबापत नेपालमा उनले १० हजार रुपैयाँ दिलाउने आश्वासन दिए । दश हजार पाउने भएपछि सितेन्द्र अलीको २५ ग्राम बराबरको सुनको सिक्री ल्याउन तयार भए ।

कानुनीरूपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले स्वदेश आउँदा २५ ग्राम सुन ल्याउन पाउँछन् । अलीले सितेन्द्रलाई बुझाउनुपर्नेको मोबाइल नम्बर पनि दिएका थिए ।

अलीले भनेबमोजिम नै सोमबार साँझ ६:३० बजे त्रिभुवन विमानस्थल ओर्लिएका सितेन्द्रले अलीले दिएको मोबाइलमा फोन गरे । स्कुटरमा आएका एक युवालाई उनले कतारबाट ल्याएको सिक्री बुझाए ।

त्यसको केही समयमै फेरि अजिम अली र एमडिसनी अलाही पुगे । उनीहरूले पनि कतारबाट पठाएको सिक्री मागे । सितेन्द्रले सिक्री स्कुटरमा आएको एक युवालाई बुझाएको बताए । तर, अली र अलाहीले सुन आफ्नो भएको भन्दै आफूले नपाएको भन्दै सितेन्द्रलाई सिनामंगलस्थित आफ्नो कोठामा लिए । सितेन्द्रलाई यातना दिए ।

उनीहरूले चार लाख ८० हजार रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिए । त्यसका लागि सितेन्द्रकी श्रीमतीलाई फोन गरेर फिरौती बुझाउन दबाब दिए । सितेन्द्रलाई उनीहरूले हातखुट्टा बाँधेर नांगै बनाएर यातना दिइरहेका थिए ।

आफ्नो श्रीमान् अपहरणमा परेकोबारे सितेन्द्रकी श्रीमतीले प्रहरीलाई खबर गरिन् । त्यही सूचनाको आधारमा प्रहरीले सितेन्द्रको उद्धार गरेको हो । प्रहरीको अनुसन्धानबाट पक्राउ परेका अली र अलाही अवैध सुनको कारोबारी रहेको खुलाएको छ । उनीहरूको साथबाट विभिन्न सुनसम्बन्धीका कागजात प्रहरीले पाएको छ ।

प्रहरीले उद्धार गरेपछि पीडित सितेन्द्रले 'नेपाल प्रहरी भगवान्' भएको प्रतिक्रिया दिएका छन् ।

भिडियो हेर्नोस्–

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro