site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सर्जक रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुकथा विधामा निरन्तर कलम चलाउँदै आएका साहित्यकार डा. रवीन्द्र समीरको १५औं साहित्यिक पुस्तकका रूपमा नयाँ उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । 

राजनीतिका कारण अचानक अर्बपति भएको नेताले पैसाले भोक, निद्रा, सुख, माया, इज्जत, आफन्तलगायत अभौतिक कुरा किन्न सक्छु भनेर साइकोपथमा हिँडेको विषयमा केन्द्रित रहेर यो उपन्यास लेखिएको विज्ञप्तिमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पैसालाई आवश्यकता पुरा गर्ने साधनका रूपमा नलिएर मृगतृष्णाको रूपमा लिँदा समाजका हरेक तह र तप्का व्यापारी भएको तर पैसाले एउटा सीमित समयसम्म मात्र खुसी प्रदान गर्ने तथ्यलाई नबुझ्दा जीवन पैसाको दास भएको तथ्य ५६ वटा च्याप्टरमा मार्मिक ढंगले उजागर गरिएको छ ।

छोराछोरी विदेशमा बस्ने तर यहाँ बाबुआमाले जीवनभर कमाएको पैसा भविष्यमा कसैलाई पनि काम नलाग्ने अवस्थाले मानसिक विचलन ल्याएको यस उपन्यासमा प्रस्तुत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Global Ime bank

पारम्परिक रूपमा लेखिँदै आएको उपन्यासको प्रचलन विपरित उपन्यासकार समीरले ‘मृत्युको आयु’ तथा ‘कोरोनातन्त्र’ पनि लघुकथा शैलीमा लेखेका थिए । यी कृति उपन्यास लेखनको नयाँ आयाम देखाउन सफल भएका थिए । 

उपन्यासकार डा. समीरका ‘अर्जुनदृष्टि’, ‘ईश्वरका कथा’, ‘अणु र पहाड’, ‘एकलव्य दृष्टि’, ‘भूकम्पमा मल्हमपट्टी’, ‘मृत्युको आयु’, ‘कोरोनातन्त्र’ लगायत १४ वटा पुस्तक प्रकाशित छन् । 

साहित्यकार समीरले पद्मश्री पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल सम्मान लगायत तीन दर्जन राष्ट्रिय, अन्तराष्ट्रिय पुरस्कार÷सम्मान प्राप्त गरिसकेका छन् । 

उनको नवीन उपन्यास ‘पैसाको उडान’ शिखा बुक्सले प्रकाशन गरेको हो, जसको मूल्य ३२५ रुपैयाँ रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय