site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालोपत्रको माग गर्दै गोदावरी सडक अवरुद्ध
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

ललितपुर । सडक चाँडो कालोपत्र गर्नुपर्ने माग गर्दै कर्मनाशा–गोदावरी सडक अवरुद्ध गरिएको छ । सडकमा गत साता बिच्छाइएको ग्राभेलले गर्दा थप हिलो भएपछि चाँडो कालोपत्रेको माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् । 

चार वर्ष पहिले विस्तार शुरु भएको सो सडकमा स्थानीयवासीको विरोधमा सडक विभागले चौडाइ बढाउन सकेको थिएन । २० मिटर चौडाइमा कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि केही महिना पहिले सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कालोपत्रे गर्न नसकिने भएकाले ग्राभेल गरिएको जनाएको छ । स्थानीयवासीले भने ग्राभेल र माटो सडकमा विच्छाउँदा आवतजावत गर्न अझै गार्‍हो भएको बताएका छन् । 

सडक बनाउँछु भन्दै बिगारे पनि निर्माण नगरेकाले विरोध गरिएको स्थानीयवासी हरी महर्जनले बताए । पहिले सडकमा खाल्डा भए पनि अहिले सडकमा विच्छाइएका गिट्टी र माटोका कारण सडकमा धुलो र हिलो बढेको उनले बताए । यो सडक बिग्रिएर स्थानीयवासीले दुःख पाएको वर्षौ हुँदासमेत वास्ता नगरेको उनको आरोप छ । स्थानीयवासीले यथास्थितिमा नै कालोपत्रे गर्न माग गरेका छन् । उनले भने, “सरकारले नै त्यही निर्णय गरेकाले भएकै चौडाइमा चाँडो कालोपत्र गर्नुपर्छ ।”

Royal Enfield Island Ad

ललितपुर महानगरपालिका वडा नम्वर २२ का अध्यक्ष राजेश महर्जनले सडकका कारण स्थानीयवासीले धेरै दुःख पाएको बताए । निर्माणका लागि भत्काउन थालेको लामो समय हुँदा पनि सडक कालोपत्र नभएको उनले बताए । अहिले ग्राभेल हाल्दा सडकको अवस्था अझै बिग्रिएको उनको भनाइ छ । उनले भने, “सडक चाँडो बनोस् भन्ने सबैले चाहेका छन् ।”

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले वर्षा पहिले सडक कालोपत्र गर्न नसकिने हुँदा ग्राभेल गरिएको जनाएको छ । यो सडकमा मापदण्डअनुसार चौडाइ कायम गरेर मात्रै निर्माण गर्न खोजिएकाले लामो समय लागेको आयोजना प्रमुख गुरु अधिकारीले बताए । सडकको चौडाइ २० मिटर हुने गरी चार वर्ष पहिले ठेक्का सम्झौता भएको थियो । २० मिटर गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । १६ मिटरभित्रै घर भएका स्थानीयवासीसमेत सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । 

सडक निर्माण चौडाइकै कारण अघि नबढ्दा सरकारले उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । पहिले सडकमा खाल्डा भएकाले त्यो हटाउन ग्राभेल हालिएको उनले बताए । - रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro