![बञ्चरो प्रहार गरी बुबाको हत्या](https://12khari.de/uploads/posts/2020-07-01_banchar.jpg)
विराटनगर । ओच्छ्यानमा पिसाब फेरेको निहुँमा झगडा हुँदा छोराले बञ्चरो प्रहार गरी बुबाको हत्या गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन् । जहदा गाउँपालिका वडा नम्बर ५ सन्थाल बस्तीका ४० वर्षीय विरजु टुढुको हत्या आरोपमा उनका १५ वर्षीय छोरा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शनिबार राति बिरजुले श्रीमती शान्तिलाई कुटपिट गरेका थिए । त्यो राति घरमा जेठी छोरी र ज्वाँइ पाहुना आएका थिए । घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुइँमा सुतेका थिए । बिरजु सुत्ने खाटमा भने उनका दिदीका नातिले पिसाब गरिदिएका थिए ।
श्रीमती शान्तिले ओछ्यानका कपडाहरू धोएर सुकाइन् । तर, बिरजुले किन “किन पिसाब गर्न दिइस्” भन्दै कुटपिट गरेका थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार आमालाई कुटेको रिस फेर्न आइतबार बिहान ५ बजेतिर छोराले बुबालाई बञ्चरोले प्रहार गरेका थिए । गम्भीर घाइते उनको विराटनगरस्थित विराट नर्सिङ्ग होममा मृत्यु भएको थियो । मृतक टुडु ट्याक्टर चालक हुन् ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
श्रीमान् श्रीमतीबीच विवाद भइरहन्थ्यो । हत्यापछि फरार छोरा पक्राउ परेपछि उनलाई पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ । छोराले पोखरीमा फालेको बञ्चरो पनि प्रहरीले फेला पारेको छ ।
सांकेतिक तस्बिर